काठमाडौं । नेविसंघका महामन्त्री कुन्दन काफ्ले सहित ३० जना पक्राउ परेका छन् । चिकित्सा शिक्षा विधेयक पारितको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ता प्रकाउ परेका छन् ।
संसदबाट विधेयक पारित भएपछि संसद भवन अगाडि विरोध प्रर्दशन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई नेपाल प्रहरी क्लब भृकुटीमण्डलमा राखिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।