About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
दाङको तुलसिपुरमा ‘मलाई बाच्न देउ’

Darpanpost शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दाङ । शुक्रबार दाङको तुलसिपुरमा ‘मलाई बाच्न देउ’ अभियान सञ्चालन गरिएको छ । फाउन्डेसन अफ नेपाली सोसाईटिले बिष्णु चलचित्र मन्दिरमा आयोजना गरेको कार्यक्रममा मलाई बाच्न देउ ,बाच्न पाउनु हाम्रो मानव अधिकार भन्ने बिषयहरु समेटिएको डकुमेन्ट्री समेत प्रदर्शन गरिएको छ ।
तुलसिपुर नगर जेसिजको समन्वयमा आयोजना गरिएको कार्यक्रममा घरेलु हिम्सा,मानव तस्कर र मानव तस्कर रोक्न जनचेतना जगाउने बिषय बस्तु लाई मुख्य आधार बनाएर तीस मिनेटको फिल्म तयार पारिएको छ ।
कार्यक्रम सयोजक मानबहादुर बस्नेतको अध्यक्षता एव तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा बोल्दै उहाले भबिस्यमा कस्तो मान्छे बन्ने भन्ने कुरा स्कुल लाईफमा पहिचान गरेर मात्रै अगाडि बढनुपर्ने बतउनुभयो । प्रमुख अतिथि पाण्डेले अध्ययन सङग सङै बाहिरको बाताबरण र अन्य अतिरिक्त क्रियाकलापमा समेत बिधार्थिहरुलाई सहभागी बनाउदा उनिहरुको बृहत्तर बिकासमा टेवा पुग्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा फाउन्डेसन अफ नेपाल सोसाईटिकि अध्यक्ष प्रियङका भण्डारीले सार्वजनिक रुपमा कसरी उदघोषण र भाषण गर्ने भन्ने बिषयमा समेत प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिमल रिजाल ,तलसिपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरे ,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम तुलसिपुर क्षेत्रमा रहेका निजि तथा सामुदायिक बिधालयका करिब पाच सय बिधार्थिहरुको सहभागीता रहेको थियो ।कार्यक्रमको सहजिकरण जेसिजका महासचिव मोहन सुनारले गर्नुभयको थियोे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com