About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
कसरी अधिकतम् यौन सन्तुष्टि लिने ? यस्तो छ तथ्य

Darpanpost शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नियमित व्यायाम गर्ने महिलाले स्वस्थ शरीरसँगै बढी यौन सन्तुष्टि पाउने एक अध्ययनले देखाएको छ । नियमित जगिङ अथवा जिम गर्ने महिलामा यौन उत्तेजना चाँडै आउँछ । साथै, त्यस्ता महिलाले चरमोत्कर्ष चाँडै हासिल गर्ने अध्ययनले पत्ता लगाएको छ ।

अमेरिकी राज्य फ्लोरिडाको अटलान्टिक युनिभर्सिटीका प्राध्यापक टिना एम पेनहोको टोलीले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । उत्तेजना बढाउन चाहने महिलाले आफ्नो शरीरलाई क्रियाशील बनाउनुपर्छ ।

व्यायामको क्रममा महिलाको शरीरमा ग्रोथ तथा टेस्टोस्टोरन हार्मोन बढी पैदा हुने र यस्तो हार्मोनले कामोत्तेजना जगाउने अनुसन्धानका क्रममा पत्ता लागेको उनले बताइन । अनुसन्धानका क्रममा केही महिलालाई २० मिनेटसम्म साइकलिङ गराइएको थियो ।

त्यसलगत्तै उनीहरुलाई पोर्न फिल्म देखाइयो । सामान्य अवस्थामा भन्दा साइकलिङ गरेपछि पोर्न फिल्म हेर्दा महिलामा एक सय ६९ प्रतिशत बढी कामोत्तेजना जागेको मापन गरिएको थियो ।

व्यायामका कारण तनावमुक्त हुने र यसले यौन क्रियाकलापमा लीन हुन महिलालाई प्रेरित गर्ने तथ्य यसअघि पनि विभिन्न अध्ययनले पत्ता लगाइसकेको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com