About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
फुट्यो नेविसंघ, देउवा र पौडेलको छुट्टाछुट्टै पार्टी

Darpanpost बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ओखलढुङ्गा । नेपाली काङ्ग्रेस ओखलढुङ्गाको विवादका कारण नेविसङ्घ पनि फुटेको छ । लामो समयदेखि पार्टीका नेताहरु बीचको विवादको असर भातृ सङ्गठन नेविसङ्घलाई परेको हो ।

सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट जिल्लामा नेविसङ्घका दुईवटा समिति गठन भएका छन् । संस्थापन शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै समिति गठन भएको घोषणा गरेका हुन् । नेविसङ्घका केन्द्रीय उपाध्यक्ष नवीन राई र केन्द्रीय सदस्य पवन नेपालीले पौडेल पक्षधरका केन्द्रीय सदस्य भीम गौतमले देउवा पक्षका विद्यार्थीको समिति बनाउन केन्द्रीय प्रतिनिधिको भूमिका खेलेका थिए ।

नेविसङ्घको जिल्ला अधिवेशनका विषयमा आसन र भाषणको विषयलाई लिएर नेताबीच कुटाकुट भएपछि विद्यार्थी पनि विभाजित भएको नेविसङ्घका पूर्वअध्यक्ष विनोद केसीले बताए । उनले भने, ‘नेविसङ्घलाई पार्टीले हस्तक्षेपसमेत गर्न मिल्दैनथ्यो तर नेताहरुको रबैया देखाए, जिल्ला समिति नै दुई वटा बनाए ।’ गाउँ तथा नगर अधिवेशनमा सहमति गरेर १२औँ जिल्ला अधिवेशनमा जुटेका विद्यार्थीहरु पनि नेताहरुले गुटगत व्यवहार गरेपछि आफ्ना नजीकका नेताहरुका पक्षमा उनीहरु लागेका छन् ।

देउवा पक्षका नेविसङ्घमा रोशन महतारा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरुले नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाको अध्यक्षमा रोशन महतारा निर्वाचित भएको घोषणा गरेका छन् । सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा महतारा निर्वाचित भएको घोषणा गरेका हुन् ।

महताराको अध्यक्षतामा २४ सदस्यीय नेविसङ्घ जिल्ला कार्य समिति गठन गरिएको काङ्ग्रेस जिल्ला सचिव रुद्र अधिकारीले जानकारी दिए । उनका अनुसार अधिवेशनबाट जिल्ला उपसभापतिमा हरिचन्द्र श्रेष्ठ र भीष्म श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिवमा योगेश तामाङ र सुजन पौडेल तथा कोषाध्यक्षमा अर्चना लुइँटेल निर्वाचित भएका छन् ।

पौडेल पक्षका नेविसङ्घमा गोविन्द कोइराला

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाको अध्यक्षमा गोविन्द कोइराला निर्वाचित भएको घोषणा गरेका छन् । बुधबार छुट्टै अधिवेशन गरेर कोइरालाको अध्यक्षतामा नयाँ समिति घोषणा गरेका हुन् ।

कोइरालाको नेतृत्वमा रहेको समितिको उपाध्यक्षमा विनोद निरौला, सचिव सुरेश ढुङ्गेल, सहसचिव हरिकुमार लुइँटेल, कोषाध्यक्ष यमुना दाहाल लगायतका १९ सदस्यीय समिति गठन गरेको नेता बालकृष्ण दाहालले जानकारी दिए । दुवै गुटका नेताहरुले आफ्नो पक्षको समिति वैधानिक र अर्को पक्षको समिति अवैधानिक भनिरहेका छन् ।
काठमाडौं टुडेबाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com