About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
स्वास्थ्यमन्त्री नै सरकारसँग असन्तुष्ट

Darpanpost बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन् । उनले गरेका सिफारिस मन्त्रिपरिषद्मा अड्किएपछि उनी असन्तुष्ट भएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

संघीय फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादव सरकारमा सहभागी भएको ८ महिनामै मन्त्रिपरिषद्को कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । उनले गत जेठ १८ मा उपप्रधान एवं स्वास्थ्यमन्त्रीको सपथ लिएका थिए । सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नल्याइएकोमा उनको असन्तुष्टि छ ।

‘आन्दोलन गरेर आएको हुँ । के ठेगान भोलि फेरि आन्दोलनमा जानुपर्ने हो ?’ उनले भने ‘डा. गोविन्द केसीसँग गरिएको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्छ । ’ डा. केसीको १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकार र उनीबीच सम्झौता भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com