About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
निर्मला हत्या प्रकरणः यातना दिनेमाथि कारबाही भएन

Darpanpost बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी निर्मला घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि सुनुवाइ नभएको पीडितले बताएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टका दाइ खडकले बुधबार पत्रकार सम्मेलन गरी जाहेरी दिएको एक महिनासम्मपनि कारबाही प्रक्रिया अघि नबढेको बताएका हुन् ।

दिलीपलाई यातना दिई अपराध कबुल गर्न लगाएको भन्दै पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ४ जनाका नाममा यातना कसूरसम्बन्धी जाहेरी दर्ता भएको थियो । ‘जाहेरी दिएको एक महिनासम्म पनि कुनै सुनुवाइ भएन,’ पत्रकार सम्मेलनमा खडकले भने, ‘यातना दिनेलाई कारबाही र उचित क्षतिपूर्ति दिइनुपर्छ ।’

भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलीप विष्टलाई प्रहरीले भदौ ४ गते घटना भएको २६ औं दिन मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । ‘यातनाका कारण दिलीपको स्वास्थ्य ठीक छैन,’ खडकले भने, ‘उपचारका लागि अहिलेसम्म डेढरदुई लाख खर्च भइसक्यो ।’

दिलीपलाई २६ दिन प्रहरी हिरासतमा राखेर डीएनए नमिलेपछि छाडिएको थियो । मानसिक अस्वस्थ उनी प्रहरीको यातनापछि झनै अस्वस्थ बनेका छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको खडकले बताए । केही दिनअघि मात्रै उनलाई घर ल्याइएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com