About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सत्तापक्ष नै सभामुख महरासँग ‘सशंकित’

Darpanpost बिहिबार, माघ १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ – कांग्रेस सांसद आ–आफ्नो स्थानमा उभिएपछि सभामुख कृष्णबहादुर महराले भने, ‘माननीय प्रकाशमान श्रेष्ठलाई बोल्न समय दिन्छु ।’ सांसदहरु गलल्ल हाँसे ।’ श्रेष्ठ होइन सिंह’ फ्लोरबाट आवाज आएपछि महराले भने, ‘सरी, सरी सिंह ।’ त्यसपछि कांंग्रेस नेता सिंह बोल्न थाले । आज त सभामुखज्यू सुरुमै चिप्लिनुभयो भन्दै मंगलबार संसद्मा गाइँगुई चल्यो ।

संसदीय प्रक्रियामा हरेक दिनजसो ‘चिप्लिँदै’ आएका छन् , सभामुख महरा । संसदीय प्रक्रियामा ‘चिप्लनु र अपरिपक्वता’ प्रदर्शन गर्नु महराको सामान्य नियतिजस्तै बनेको छ । तर मंगलबारको उनको गतिविधि लाई अपरिपक्वता वा सामान्य चिप्लाई मात्र मान्न तयार छैन, सत्तापक्ष । कांग्रेसले संसद् अवरोध गर्ने जान्दाजान्दै महराले विधेयक पारित गर्न आवश्यक प्रबन्ध नगरेको सत्तापक्षको आशंका छ ।

सत्तापक्षका नेताहरुसँग सल्लाह नै नगरी एकाएक सूचनामार्फत बैठक स्थगित गरेको भन्दै सत्तापक्ष उनीप्रति सशंकित छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com