About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
भारी हिमपात : आगोको सहारा

Darpanpost बुधबार, माघ ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

खलङ्गा । जुम्लामा हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकार भएको छ ।

हिमपात र चिसोले स्थानीयको दैनिकी, लामो तथा छोटा दूरीका यातायातका साधन, सरकारी तथा निजी विद्यालय प्रभावित भएको छ । सडकमा हिउँ जमेपछि कर्णाली राजमार्ग तथा नाग्म रारा सडकमा यातायात सेवा बन्द भएको छ । चिसो बढेकाले सर्वसाधारण घरभित्र आगोको साहारमा रहेको चन्दनाथ नगरपालिका एकका बासिन्दा रामप्रसाद नेपालीले बताउनुभयो ।

जुम्ला–सुर्खेत, नेपालगञ्ज हवाई उडान मौसमका कारण अवरुद्ध छ । मङ्गलबारदेखि हवाई उडान नभएको सीता एयरका कर्मचारी अशेष भण्डारीले बताउनुभयो । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । जिल्लाको सिञ्जा भेगका पुरुष धन कमाउन कालापहाड गएकाले गाउँमै महिला मात्र भएको सिञ्जा– ३ रीता पाण्डेले बताउनुभयो । घरको सबै काम महिलाको काँधमा आएको छ हिउँ परेपछि झन् घरको बढी काम थपिएको पाण्डेले बताउनुभयो ।

वर्षा र हिमपातले जुम्ला कृषकमा भने खुशियाली छाएको छ । यो वर्ष जुम्लामा तेस्रो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा लगाएको स्याउका बिरुवालाई राम्रो हुने तिला गाउँपालिका–१ राराका कृषक नर रावतले बताउनुभयो ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन् । विशेष गरी नयाँ लगाएको स्याउका बिरुवाका लागि फाइदा हुने स्याउ सुपरजोन जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत जोेगेन्द कान्दले बताउनुभयो । हिउँपरेसँगै कृषकले लगाएको स्याउ, जौ, गहुँ र फापरबाली राम्रो हुने कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com