About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
रातारात प्रहरीले हटायो सीमाको काँडेतार

Darpanpost बुधबार, माघ ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पश्चिम चितवनको माडी नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले हटाएको छ ।

मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५२/४५ नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा मंगलवार काँडेतार लगाइएको थियो । अखिल क्रान्तिकारीको केन्द्रीय समितिले लगाएको काँडेतारको बार झन्डै ३० मिटर लामो रहेको अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिएका थिए । तर प्रहरीले मंगलवार राति नै काँडेतार हटाएको माडी प्रहरी चौकीले लोकान्तरलाई जानकारी दियो ।

‘३० मिटर थिएन, जम्मा १६ हात मात्र थियो,’ माडी प्रहरी चौकीका ड्युटी अफिसरले भने, ‘हामीलाई माथिबाट निर्देशन आयो र हटायौं ।’ उनले आफ्नो नाम भने बताउन चाहेनन् ।

भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको भन्दै आक्रोशित भनेका क्रान्तिकारीले मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक काँडेतार लगाएको थियो ।

लोकान्तरवाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com