About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
जाने सञ्जाल नजाने जञ्जाल

Darpanpost बुधबार, माघ ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

समय सँगै मानव जातिले आफ्ना गतिविधिलाई पनि संगसंगै अगाडी बढाउन सक्नुले दुनियालाई उर्जा पैदा हुन्छ । पछिल्लो समयमा विश्व जगतमा एउटा कर्तुतको रुपमा फेसबुक ट्विटर मानिन थालेको छ । जो चिजबाट कोहि पनि बाहिर रहन सक्दैन । पक्कै पनि यि सामाजिक संन्जालले दुषित वातावरण ल्याउछ भन्ने अभिप्रायले स्थापना भएका होईनन् होला । जब कुनै असल संयन्त्र प्रयोग कर्ताको गतल प्रवृति बन्छ तब गतल हुन्छ । विश्वमा यस्तै रोगका सीकार बन्नलाई आफै अभ्यास गरिदैछ । सामाजिक संन्जालबाट कसैको चरित्र हत्या गर्ने,लुटपाट गर्न,साईबर अपराध गर्न सबन्ध विच्छेद गर्न,आत्महत्या गर्न,यि यस्तै घटनाहरु दैनिकि भईसकेका छन ।

वर्तमान समयमा फेसबुकलाई लोकतान्त्रिक मन्चका रुपमा हेरिन्छ । जुन मन्चको अध्यक्ष्यताको ग्रहण अमेरिकाले गरेको छ । यो मन्चको प्रयोग आफुलाई अब्बल व्यक्तित्व ठान्ने विना लगामको घोडा झै वेसुर वालाहरुले गरेका छन । मन्च पुरै रंङगि चंङगि पोष्टले भरिभराउ छ । मानौ तिजको लहरले छोयजस्तै छन,कालो बजारीको प्रचारको त सिमै छैन । फेसबुक,ट्विटर आफैमा गतिशिल साधन होईन्न । न यिनका कुनै समाचारदाता छन न कुनै सम्वाददाता छन । जनमानसमा गलत प्रवृतिले होस या विभिन्न आरोप लगाउने देखि लिएर राजनितिमा आफ्नो छापलाई स्थापित गर्नेको लागी प्रमुख संयन्त्रको रुपमा धारीलो हतियार जस्तै स्थापित भएका छन । अमेरिकामा गरिएको न्युज लिटरेसी प्रोजेक्टले गत बर्ष गरेको अध्यायन अनुसार एक मिनेटमा फेसबुक ९ लाख ७३ हजार लग ईन हुन्छन । यस्तै ट्विटरमा ४ लाख ८१ हजार ट्विट हुन्छन यस्तै अनुपात अरु संन्जालको अनुपातले गर्दा मानव जीवनको चलायमान उमेरको एकतिहाई भन्दा बढि समय सर्चने देखिन्छ ।

विश्वको राजनितिलाई फेसबुक ट्विटरले मार्गनिर्देश गरिरहेको छ । सामाजिक संन्जालमा हिरो चाहि अहिले सम्म अमेरिका नै छ । स्टे्यान्फोर्ड युनिभर्सिटिको जर्नलमा प्रकाशित खोजका अनुसार २०१६ को डोनाल्ड ट्रम र हिलारी क्लिन्टन राष्टपति चुनावको अवधिमा फेसबुकमा मात्रै ३ करोड ८० लाख पटक फेकन्युज सेयर भएका थिय । यसमा ३ करोड गलत समाचार ट्रमका पक्षमा र ८० लाख हिलारीका पक्षमा थियो । यस्ता घटना सोच्न मात्र सकिन्छ । हालै ब्राजिलमा राष्टपतिको निर्वाचनमा गलत प्रचारका कारण दक्षिणपन्थि दलका उम्मेदवार विजय भए । भारतमा भएको प्रधानमन्त्रिको निवार्चन पनि अछुतो छैन । कोरियाका १० समाचार मध्ये ६ समाचार गलत हुने एक अध्यायनले पूष्टि गरेको छ । गलत समाचार फैलाउने देखि गलत प्रवृति बढाउन सामाजिक संन्जाललाई वरदानको रुपमा रहिआएको छ

डिक्सनरी डटकमले हरेक वर्ष कुनै एउटा शब्दलाई वल्ड अफ द ईयर घोषणा गर्ने गरेको छ । २०१८ का लागि घोषित शब्द थियो डिसइन्फरमेसन यसैबाट पनि अनुमान गर्ने सकिन्छ यो कति ठुलो रोग हो भनेर । हाम्रो जीवन शैलिलाई नियाल्ने हो भने समयको महत्व यसरी बुझ्न सकिन्छ ; एक सामान्य पाठकले एक मिनेटमा २८० शब्दसम्म पढ्न सक्छ । यो समयमा फोन प्रयोग नगरी पढ्ने हो भने कति पढिन्छ होला , फोनमा हुने खर्च गर्ने पैसालाई किताब मात्र किन्ने हो भने कति किताब किनिन्छ होला अब सोचलाई व्यवहारमा लागु गर्ने कत्ति पनि ढिला नगरौ । सबैले आफुलाई संशोधन गर्ने जरुरी छ । यदि सामाजिक संन्जाललाई विश्वास गरेर हामि आफ्नो दिनचर्या सँग दाज्यौ भने विश्व जगतमा चारैतिर फेसबुक नामको कालो वादलले हामि सबैलाई अध्यारो मार्गमा डोयाउन धेरै दशक लाग्दैन । आजैबाट म त लागे निरोगी बन्न तपाई नि ?  (जय युवा)

भीमबहादुर साउद

नेपाल युवा परिषद सुदुरपश्चिम

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com