सप्तरी । जिल्लामा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले जिल्लाको रुपनी नजिकै दीपेन्द्र चौधरीलाई इन्काउन्टर गरेका हुन् ।
हत्या लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न रहेका भन्दै ३५ वर्षीय चौधरीलाई इन्काउन्टर गरेका हुन् ।
यता प्रहरीले भने दोहोरो भिडन्त भनेको छ । दीपेन्द्रले प्रहरीलाई देख्नेवित्तिकै नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि फायरिङ गरेको प्रदेश प्रमुख डिआइजी हरि पालले बताउनुभयो ।
चौधरीको घटनास्थलमै मृत्यु भएको डिआइजी पालले बताउनुभयो । चौधरीको टाँउकोमा गोली लागेको छ । एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।