About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
न्यानो कपडा र व्हिलचेयर बितरण

Darpanpost मंगलबार, माघ ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिकामा न्यानो कपडा सहित व्हिल चेयर बितरण गरिएको छ । समन्वयमा लाईन्स क्लब पोखरा लेकसिटीले वडा नम्बर १ का गरिब, बिपन्न सयौ जनालाई न्यानो कपडा र दुई जना अपाङ्गता भएका व्यक्तिलाई व्हिल चेयर बितरण गरिएको छ ।

लाईन्स क्लब पोखरा लेकसिटी क्लबका अध्यक्ष मदन केसी, संघिय साँसद बृजेश कुमार गुप्ता, प्रदेशसभा सदस्य धर्मबहादुरलाल श्रीवास्तब, नगर प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी गुप्ता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्य र वडा अध्यक्षहरु सुदिप पौडेल, रामभजन कलवार तथा प्रकाश गैरे लगायतले न्यानो कपडा हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका १ का वडा अध्यक्ष सुदिप पौडेलले वडाको समन्वयमा लाईन्स क्लबले न्यानो कपडा हस्तान्तरण गर्ने कार्य उदाहरणीय रहेको बताउनु भयो ।

व्यक्ति जाडोले भन्दा पनि अभावका कारण शितलहरको जोखममा परेकाले आफुहरुले सो सामाग्री हस्तान्तरण गरेको क्लवका पुर्व अध्यक्ष जगदिश गौतमले बताउनु भएको छ । शितलहर प्रभावितलाई कम्मल बितरणले राहत प्रदान गरेको नगरप्रमुख किरण सिंहले बताएका छन् भने गरिबलाई न्यानो लुगा सगै पोषणमा समेत सहयोग आवश्यक रहेको प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तबवले बताउनु भयो ।

ऐतिहासिक नगरपालिकाको सामाजिक र आर्थिक बिकासमा ध्यान पुर्याउन नगरपालिकाको ध्यान जानु पर्नेमा संघिय साँसद बृजेश कुमार गुप्ताले जोड दिनु पर्ने बताउनु भयो । क्लबमा आबद्ध प्रतिनिधी सदस्यहरुलाई होटल व्यवसायमा लगानी गरेर कपिलबस्तुको तिलौराकोटमा पर्यटकिय बिकासमा सहयोग पुर्याउने बातावरण बनाउन सहयोग उहाले आग्रह समेत गर्नु भएको थियो। वडा अध्यक्ष सुदिप पौडेल ले जानकारी गराउनु भएको छ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com