काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । झडपमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहित ३ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा नेविसंघ ३ नम्बर प्रदेश समितिको उपाध्यक्ष रामप्रसाद अधिकारी र मनिष सिंखडा घाइते भएका छन् ।
घाइतेहरुको नयाँ वानेश्वरस्थित एभरेष्टमा अस्पतालमा उपचार भैइरहेको छ ।
नेविसंघले दमनको विरोधमा बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने तयारी गरेको समेत उनले बताए । नेविसंघ कार्यकर्ताहरु ट्रलीबस स्टेसन तर्फबाट संसद भवनको पूर्वी गेटतर्फ अघि बढेपछि झडपको स्थिति सिर्जना भएको हो ।