चितवन । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भारतीय सीमाक्षेत्रमा काँडेतार लगाएका छन्। चितवन जिल्लाको माडी नगरपालिकासँग जोडिएको सिमा मा काँडेतार लगाएको छ ।
जिल्लाको माडी नगरपालिकाको ५ मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको नेपाली भूभागमा विप्लव नेतृत्वको नेकपाको भाृत संगठन अखिल क्रान्तिकारीले काँडेतार लगाएको अध्यक्ष चिरञ्जीवि ढकालले बताए।
केन्द्रीय समितिको आयोजनामा लगाईएको उक्त काँडेबार करिब ३० मिटर लामो रहेको क्रान्तिकारीले जनाएको छ।
भारतले देशका ७१ स्थानमा ७८ हजार हेक्टर भन्दा बढी जमिन मिचिरहेको बताउँदै अखिल क्रान्तिकारीले देशको ‘सीमा बचाऔँ अभियान !’ अन्तर्गत उक्त स्थानमा काँडे तारबार लगाएको जनाएको छ।
भारतले जङ्गेपिलर नेपालभित्र सारेर मात्र नभई कोसी, गण्डक नहर निर्माण गर्दा र महाकाली सन्धि गर्दासमेत नेपाली भूमिमाथि अतिक्रमण गर्दै आएको ढकालले बताए। अब आफुँहरुले चितवनमा मात्रै नभई भारतले मिचेका हरेक क्षेत्रमा काँडेबार लगाउने अध्यक्ष ढकालले बताएका छन्।