About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
फेरी नेपाली कांग्रेसको ताल उहि, बैठक अबरुद्ध

Darpanpost मंगलबार, माघ ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । संसद् बैठक अवरुद्ध रहेको समयमा सदनको बाँकी कारवाही अगाडि बढाउने सभामुख कृष्णबहादुर महराको घोषणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रोशित भएको छ ।

आफ्ना नेताको नाम जोडिएका अस्पताललाई अन्य ९ स्वास्थ्य संस्थासरह केन्द्र सरकार मातहत ल्याउनुपर्ने माग गर्दै कांग्रेसले मंगलवार पनि संसद्को बैठक अवरुद्ध गरेको थियो ।

बैठक अवरुद्ध गर्नुअघि सभामुखसँग समय लिएर कांग्रेसका प्रकाशमान सिंहले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाम जोडिएका अस्पताल केन्द्र सरकार मातहत ल्याउने निर्णय नगर्दासम्म सदनको कारवाही चल्न नदिने बताएका थिए ।

प्रकाशमान सिंह बोलेलगत्तै कांग्रेस सांसदहरू बेल घेर्न पुगेका थिए । कांंग्रेसको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले सदनको बाँकी कारवाही अगाडि बढाउने घोषणा गरेका थिए । सदनको कारवाही अगाडि बढाउने सभामुखको घोषणामा सत्तापक्षका सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए ।

त्यसपछि कांग्रेस सांसदहरूको नाराबाजी झनै चर्कियो । बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । मिडीया डाबलीवाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com