About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
नेपालीहरुलाई आयो यस्तो खुसीको खबर ! अब ५० हजार जरिवाना

Darpanpost मंगलबार, माघ ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । काठमाडौँ महानगरपालिकामा बस्ने नागरीकलाई आयो नयाँ नियम ल्याएको छ । महानगरपालिकाले प्लास्टिकजन्य फोहोर फालेमा ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार पहिलो चरणमा यो नियम दरबारमार्ग, रत्नपार्क, शहिदगेट, पुतलीसडक र बागबजार क्षेत्रमा लागू हुँदैछ । यी स्थानमा पाइलट प्रोजेक्ट सफल भएपछि मानिसको बाक्लो उपस्थिति हुने अन्य स्थानमा पनि यो अभियान लागू गरिने श्रेष्ठले बताए ।

यही अभियान अन्तर्गत महानगरपालिकाले सडक किनारमा डष्टबिन राख्ने कामलाई तीब्र बनाएको छ । महानगरपालिकाले यो नियम कडाइका साथ लागू गर्न पसल मालिकहरुलाई पनि आफ्नो पसल अगाडि अनिवायर्य डस्टबिन राख्न निर्देशन दिने भएको छ ।

महानगरपालिकाले घर, पसलसँगै फुटपाथका पैदल यात्रीलेसमेत बिस्कुटका खोल, पान पराग, गुट्खा, चुरोटका बट्टा र प्लास्टिकजन्य पदार्थ सडकमा फालेर प्रदूषण बढाएकाले महानगरपालिका कडाइका साथ अगाडि आएको हो ।

यदि यो नियम उल्लंघन गरेको महानगरपालिकाको टोलीले भेटेमा ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ दफा ३८ को खण्ड क, ख, ग, घ र ङ बमोजिम कसुर गर्नेलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com