About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
श्री श्री १०८ सप्तचण्डी महायज्ञ मंगलापुरमा, तयारी पुरा

Darpanpost सोमबार, माघ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । जिल्लाको सरावल गाउँपालिका वडा नं ४ मंगलापुरमा श्री श्री १०८ सप्तचण्डी महायज्ञ लाग्ने भएको छ । महायज्ञको तयारी पुरा भइसकेको छ।

हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास एवम् राममजानकी मन्दिर निर्माणका लागि पृथ्वी युवा क्लब मंगलापुर तथा पृथ्वी बस्ती मंगलापुर गाउबासिको संयुक्त रुपमा आयोजना गरेको महायज्ञ माघ ८ गतेदेखि १६ गतेसम्म सन्चालन हुने महायज्ञ संयोजक जनमेजय यादवले जानकारी दिनुभएको छ ।

माहायज्ञको अवसरमा आज मंगलापुर राममजानकी मन्दिर तथा मंगलापुरको गाउँघर, बाटोघाटो सरसफाइ गरिएको छ।

माहायज्ञमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पुजा अर्चना, प्रत्येक दिन बिहान ११ बजेदेखि १ बजेसम्म प्रबचन, प्रत्येक दिन दिउसो १ बजेदेखि ३ बजेसम्म रामलिला, प्रत्येक दिन दिउँसो ३ बजेदेखि साझ ६ बजेसम्म पुजापाठ, प्रत्येक दिन साझ ८ बजेदेखि रामलिला, यज्ञ समापन माघ १६ गते तथा प्रसाद बितरण र १७ गते बुधबार हुने महायज्ञ संयोजक यादवले जानकारी दिनुभएको छ ।

अचार्य जि बिनोद त्रिपाठीले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com