About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
नेविसङ्घका नेताबीच कुटाकुट, सभापतिले आफूलाई कुटेको भन्दै नेत्रिले गुहारिन् प्रहरी

Darpanpost सोमबार, माघ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ओखलढुङ्गा। नेविसङ्घका नेताबीच कुटाकुट भएको छ । जिल्ला अधिवेशनको विषयलाई लिएर नेविसङ्घका नेताबीच कुटाकुट भएको हो ।

आज बिहान ११ बजे नेविसङ्घको १२औँ जिल्ला अधिवेशन उद्घाटनको बेला पार्टी सभापति शेरबहादुर देउवा पक्षले चुनावका बेला अन्तरघात गरेका नेतालाई आशनग्रहण नगराउने भन्दा रामचन्द्र पौडेल पक्षधरले सबैलाई समेटेर जानुपर्ने अडान राखेपछि विवाद भएको थियो ।

विवादकैबीच नेविसङ्घका जिल्ला अध्यक्ष प्रदीप बानियाँले औपचारिक कार्यक्रम शुरु गर्न निर्देशन दिनुभयो । जिल्ला समन्वय समितिको सभाकक्षमा अधिवेशनको औपचारिक कार्यक्रम शुरु हुदै गर्दा बाहिर रहेका नेता कार्यकर्ताले चर्को नारा लगाए थिए।

केन्द्रीय प्रतिनिधिलाई समेत बाहिर राखेर गरिएको अधिवेशन मान्य नहुने पौडेल पक्षधरको माग थियो । जिल्ला सभापति प्रदीप सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीले कारवाहीका लागि सिफारिश गरिएको भनिएका नेताहरुलाई प्रवेश गर्न दिइएको थिएन ।

नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका पौडेल पक्षधर नेताले जबर्जस्ती कार्यक्रम रोक्न माग गरेपछि कुटाकुटको स्थिति सिर्जना भएको हो । सो क्रममा ओखलढुङ्गा काङ्ग्रेसका पुराना नेता बालकृष्ण दाहालसहित पौडेल पक्षका दर्जनौँ नेता कार्यकर्ता कुटिएका छन् । कार्यक्रम रोकेर सहमतिमा अघि बढ्न माग गर्दै कार्यक्रमस्थल पुगेका नेता दाहाललाई कार्यक्रमका सभापतिसमेत रहेका नेविसङ्घ अध्यक्ष प्रदीप बानियाँ र पार्टीका जिल्ला उपसभापति तेजेन्द्र खनालले मुक्का प्रहार गर्दा चस्मा फुटेको छ ।

त्यस्तै नेत्री गोमा केशीले आफूलाई जिल्ला सभापति प्रदीप सुनुवारले कुटेको भन्दै प्रहरीलाई गुहारिन् । कार्यक्रम स्थलमा पुगेर टेबल उचाल्ने प्रयास गरेकी नेत्री केसीलाई सभापति सुनुवारले हुत्याएका थिए । त्यसबीचमा दुवै पक्षका नेता, कार्यकर्ताबीच होहल्ला र कुटाकुट भएको थियो ।
कार्यक्रममा कुटिएका नेता दाहाल अस्पताल भर्ना भएका छन् । टाउकामा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको काङ्ग्रेस नेता लीलाबल्लभ दाहालले बताउनुभयो ।

यसैबिच केन्द्रीय प्रतिनिधि र असन्तुष्ट पक्षको बहिस्कारका गर्दापनि जिल्ला अधिवेशन भने जारी छ । केन्द्रीय प्रतिनिधि नेविसङ्घका केन्द्रीय सदस्य पवन नेपालीले पार्टीको हस्तक्षेपका कारण अर्को निर्णय नहुँदासम्मका लागि अधिवेशन स्थगन भएको विज्ञप्ति जारी गरेका छन् ।

पार्टीभित्रको समस्या देखाएर नेविसङ्घमा हस्तक्षेप गरेकाले अधिवेशन स्थगन गरिएको नेपालीले बताउनुभयो । सभापति देउवा पक्षधरका नेता र नेविसङ्घका करीब आधाजति प्रतिनिधिले अधिवेशनलाई निरन्तरता दिएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com