About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
रविलाई पूर्वपत्नीको बधाई, चौथो सम्बन्ध दिगो होेस् भन्ने कामना

Darpanpost सोमबार, माघ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् ।

‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो, त्यसैले म आश्चर्यमा परेकी छैन,’ अमेरिकाबाट कुरा गर्दै ईशाले भनिन्, ‘मेरो र दुई छोरीहरुको तर्फबाट शुभकामना लेखिदिनुहोला ।’

विगतका तीन सम्बन्धहरु जस्तो यो चौथो सम्बन्ध असफल नहोस भन्ने कामना पनि ईशाले गरेकी छन् ।

‘म कानूनीरुपमा रवीजीसँग अलग भए पनि सँधै उहाँको खुशी र प्रगति हेर्न चाहन्छु । मेरा छोरीहरुका बुवाको रुपमा उहाँसँग मेरो साइनो सदा जिवित रहनेछ । खाली यति भन्न चाहन्छु कि भविष्यमा नयाँ पत्नीलाई मलाई जस्तो तिरस्कार नगर्नुहोला,’ ईशाले थपिन् ।

ईशा अहिले दुई छोरीहरुसहित अमेरिकामा छिन् । गत महिना ईशा र रविको सम्बन्धविच्छेद भएको थियो ।
देशको न्युजवाट

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com