काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) फोरममा विलय भएको छ । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नीति सिद्धान्तप्रति असन्तुुष्टि जनाउँदै छुट्टिए हो ।
सोमबार राजधानीमा आयोजित एकता कार्यक्रममा फोरम नेपालका अध्यक्ष तथा उप प्रधानमन्त्री उपेन्द्र यादवले संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएपछि माओवादी विलय भएको हो ।
कार्यक्रममा नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालसँगै सयौंको संख्यामा रहेका नेता कार्यकर्ता फोरम नेपालमा आवद्ध भएका छन् । फोरम नेपालमा एकीकृत भएका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरम नेपालको विकल्प नरहेको दाबी गरे ।