काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गत १७ जेठमा संसद सचिवालयबाट २५ हजार दुई सय ४१ रुपैयाँ उपचार खर्च बुझेका छन् । नेकपाका भीम रावलले १८ असारमा उपचार खर्चबापत १४ हजार दुई सय ८५ रुपैयाँ बुझेका छन् ।
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ३ मंसिरमा वीर अस्पतालको नाममा आठ हजार ३० रुपैयाँ र राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालले वीर अस्पतालको नाममा १३ असारमा दुई हजार पाँच सय १५ र ३ मंसिरमा सात हजार तीन सय रुपैयाँ बुझेकी छन् ।
कांग्रेसकी कोषाध्यक्ष एवं सांसद सीतादेवी यादवले ५ भदौमा संसद् सचिवालयबाट उपचार खर्चको बिल बुझाएर नौ हजार ६ सय ४५ रुपैयाँ रकम बुझेकी छन् । त्यस्तै, कांग्रेसकै राष्ट्रिय सभा दलका नेता सुरेन्द्रराज पाण्डेले २४ भदौमा १५ हजार नौ सय ३४ रुपैयाँ बुझेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सबैभन्दा बढी उपचार खर्च लिने सांसद
शान्ति अधिकारी जिसी रु. २,३३,३६९
सानु शिवा रु. ८४,४४३
ज्ञानकुमारी छन्त्याल रु. ३८,१७३
प्रकाश पन्थ रु. ३४,६२२
घनश्याम खतिवडा रु. २६,६१३
उपचार खर्च लिन कम रकमको बिल भर्पाइ बुझाउने सांसद
मानबहादुर विश्वकर्मा रु. १,३२३
विमला विश्वकर्मा रु.१,६५०
मैनाकुमारी भण्डारी रु. १,५०७
रेनुका गुरुङ रु. १,७२५
वृजेशकुमार गुप्ता रु.२,१५४
धेरैपटक उपचार खर्च लिने सांसद
संसद् सचिवालयबाट उपचारको बिल पेस गरी १० महिनामा एउटै सांसदले पाँचपटकसम्म उपचार खर्च बुझेका छन् । तीनपटकदेखि पाँचपटकसम्म उपचार खर्च लिने पाँचजना सांसद छन् । जसमध्ये सांसद स्मृतिनारायण चौधरीले गत जेठ महिनामा मात्रै तीनपटक उपचारको बिल पेस गरेका छन् । उनले जेठको १७ गते १२ हजार तीन सय १६ रुपैया, २८ गते तीन हजार चार सय ९० रुपैयाँ र ३१ गते दुई हजार पाँच सय ३४ रुपैयाँ बुझेका छन् । त्यस्तै, १८ असारमा तीन हजार एक रुपैया र १५ भदौमा तीन हजार पाँच सय २३ रुपैयाँ बुझेका छन् ।
कांग्रेस नेता मानबहादुर विश्वकर्माले गत जेठमा दुईपटक र भदौ र असोजमा गरी जम्मा चारपटक उपचार खर्च बुझेका छन् । सांसद कविता बोगटी, नवराज रावत र सानु शिवाले पनि सचिवालयबाट तीन–तीनपटक उपचार खर्च बुझेका छन् । राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहाल, सांसद घनश्याम खतिवडा, प्रमिला कुमारी, मीना बुढा, मैनाकुमारी भण्डारी, रेनुका गुरुङ, ध्रुवकुमार शाही र लीलानाथ श्रेष्ठले सचिवालयबाट दुई–दुईपटक उपचार खर्च लिएका छन् ।
एकपटक उपचार खर्च लिने सांसद
४६ सांसदमध्ये ३१ सांसदले भने एकपटक मात्रै सचिवालयबाट उपचार खर्च लिएका छन् । जसमा राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनादेखि उपसभामुख तुम्बाहाम्फे, नेकपा सांसद भीम रावल, कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव तथा कांग्रेसकै सुरेन्द्रराज पाण्डेसम्मका नेता छन् । सांसदहरू अगमप्रसाद वान्तवा राई, आशाकुमारी विका, उमा रेग्मी, उदय शर्मा पौडेल, कमलाकुमारी ओली, कलुदेवी विश्वकर्मा, कल्याणीकुमारी खड्का, खिमबहादुर विक, गजेन्द्रबहादुर महत, दिलकुमारी, नन्दा चपाई, दिलकुमारी रावल थापा, नन्दलाल रोका क्षेत्री, प्रकाश पन्थ, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, यज्ञबहादुर बोगटी, रंगमती शाही, रामचन्द्र राई, विमला विश्वकर्मा, विन्दादेवी आले रानाले समेत एकपटक मात्रै उपचार खर्च लिएका छन् ।