About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
अस्पतालहरू खारेज गरेको भन्दै संसदमा गर्जियो कांग्रेस, संसद अबरुद्ध

Darpanpost सोमबार, माघ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । सरकारले राजनीतिक पूर्वाग्रही भएर गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पतालहरू खारेज गर्न प्रक्रिया अगाडि बढाएको भन्दै नेपाली कांग्रेसले संसद अबरोध गरेको छ ।

सोमबार संसदको बैठक शुरु हुनेवित्तिकै नेपाली कांग्रेस उपसभापती विजय गच्छदारले समय लिदै ‘गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पतालहरू केन्द्र सरकारको मातहतमा राख्नु पर्छ । अस्पताल खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यो रोकिनु पर्ने’ बताए ।

सरकारले तनहुँको गिरिजाप्रसाद कोइराला श्वास प्रश्वास अस्पताल र सुशील कोइरालाको नाममा बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खारेज गर्न खोज्दा कांग्रेसले बिरोध जनाएको हो ।

नेपाली कांग्रेसका सांसदहरू आ–आफ्नो सिटमा उभिदै संसद अबरोध गरेपछि सभामुख कृष्णबहादुर महराले संसदको बैठक १५ मिनटका लागि रोकेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com