राजकुमार ठाकुर / कपिलवस्तु
कपिलवस्तु जिल्ला को शिवराज नगरपालिका वडा नं.६ पिपरीमा रहेको श्री त्रिभुवन आर्दश मा.वि मा पानी तान्ने मोटर चोरी भएको छ । सो चोरी हिउदे विदाको समयमा भएको हो । खाने पानी को नल मा जोडिएको १हार्ष पावर को पानी तान्ने मोटरको चारै तिरबाट पर्खाल बनाई माथिबाट ढक्कन लगायएको थियो । चोरी भएको कुरा विद्यालय खुलेपछि मात्रै थाहा पाएको विद्यालयका प्र.अ घनश्याम कुर्मीले बताउनु भएको छ । विद्याको मन्दिर भनिने विद्यायय जस्तो ठाँउबाटै मोटर जस्ता सामाग्री हराउनु दुखत कुरा भएको कुर्मीले बताउनु भयो