About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
समुदाय प्रहरी कार्यक्रमले जिल्लाको शान्ति सुरक्षामा टेवा पुर्याएको पर्वतका प्रजिअ ढकालको भनाई

Darpanpost सोमबार, माघ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

निर्मल पौडेल पर्वत ६ माघ २०७५ ,समुदाय प्रहरी साझेदारी जिल्ला समितिको वैठक आइतवार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । वैठकमा वोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले प्रहरी समुदाय साझेदारी कार्यक्रमले जिल्लाको शान्ति सुरक्षामा टेवा पु¥याएको वताए । वैठकमा जिल्ला प्रहरी कार्यलय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले समुदाय साझेदारीको विषयमा पर्वत जिल्ला भरीमा हाल सम्म भएका प्रगति विवरणहरुको प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
तिवारीले समुदाय प्रहरी साझेदारी जिल्ला समितिले हाल सम्मको कार्यक्रमको समिक्षा गरी आगामी दिनहरुमा अझ प्रभावकारी वनाउन जिल्ला स्तरमा पालिका तथा वडा समितिहरुलाई समेत निर्देशित गराइसकेको जानकारी दिनुभयो । पर्वत प्रहरीले आगामी दिनहरुमा विधालय स्तरमा सचेतना कार्यक्रमलाई अझ प्रभावकारी रुपमा लैजान थप प्रशिक्षकहरु खटाउने निर्णय समेत गरेको छ ।
वैठकमा समुदाय प्रहरी साझेदारी जिल्ला समितिका सम्पुर्ण कार्य समिति एवम् सदरमुकाम स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थित रहेको प्रहरी निरीक्षक बिनि महादेव पौडेलले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com