About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
सरकारले एक महिना भित्र कर्मचारी समायोजन गर्ने

Darpanpost सोमबार, माघ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

माघ ७, काठमाडौं ।  सरकारले एक महिना भित्र सक्ने लक्ष्य सहित कर्मचारी समायोजनको तयारी अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउदो फागुन ३ गते भित्र सक्ने गरी समायोजनको तयारी अघि बढाइएको हो । सरकारले समायोजन फाराम भर्न दिएको समयावधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाएको बताइएको छ ।

एक महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन गरिसक्ने गरी तयारी सुरू गरेको छ । फारम नभर्ने कर्मचारीको विवरण निजामती किताबखानाबाट ल्याएपछि समायोजन सफ्टवेयरमा राखिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । फारम नभर्ने कर्मचारीको जेष्ठता लगायत हेरेर समायोजन गरिने उहाँ“ले बताउनुभयो । खटाएको पत्र लिएर २१ दिनसम्म सिंहदबारमै बसेर फिल्डमा नजाने कर्मचारीलाई पनि कारवाही गर्ने मन्त्रालयले जनाएको छ । सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई घर बिदा वा निलम्बन गर्ने समेत सरकारले तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १३ हजार कर्मचारीले समायोजन फारम भरेका छैनन् । मन्त्रालयका अनुसार ७७ हजार कर्मचारीले फारम भरेका थिए । अनलाईन मार्फत आवदेन दिएका कर्मचारीहरुको तथ्याकं एकिकृत गर्ने काम सकिएपछि कर्मचारी समायोजन थालिने भएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार अहिले फाराम भरेका कर्मचारीहरुको डाटा प्रोसेसिङ भइरहेको छ । यो काम सकिएपछि ‘सम्भवतः अर्को साताबाट कर्मचारीको समायोजन प्रक्रिया सुरु गर्ने तयारी मिलाइएको छ।

सचिव र सहसचिवबाट समायोजनको काम सुरु गर्ने पनि मन्त्रालयले जनाएको छ । तीनै तहमा कर्मचारी पदपूर्ति गर्न मन्त्रिपरिषदबाट दरबन्दी स्वीकृत पनि भइसकेको छ । केन्द्रमा ४९ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दीमा कर्मचारी समायोजन गर्न लागिएको हो ।

निजामती सेवा ऐन २०४९, नेपाल स्वास्थ्य सेवा ऐन २०५३, व्यवस्थापिका संसद सचिवालय सम्वन्धी ऐन २०६४ बमोजिम गठन भएका सेवाका सरकारी सेवाका कर्मचारी र अन्य स्थानीय निकायबाट नियुक्ति पाएका हाल स्थानीय तहमा काम गर्ने कर्मचारी समायोजनमा जाने छन् ।
दीर्घ रोग लागेकालाई पनि सकेसम्म संघमै राख्ने मन्त्रालयको तयारी छ। रोजेको स्थानीय तह जान पाइने, पती वा पत्नी दुवै सरकारी सेवामा भए सकेसम्म एकै स्थान नभए नजिकै खटाइने, ग्रेड वृद्धि तथा सेवा सुविधामा खाइपाइआएको भन्दा नघट्ने गरी आकर्षक सेवा सुविधा दिएर समायोजन गर्न लागिएको हो। समाचार नेपाल समाचारपत्रमा छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com