काठमाडौं । आइतवार नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै नेपालमा १ सय भारतिय रुपैया भन्दा ठुला दरका नोटहरु बोक्न समेत नपाइने जानकारी गराएको छ ।
बैंकले भारतिय चलनचल्तीमा रहेका नोटहरु बारे एक सुचना जारी गर्दै २ सय ५ सय र २ हजार दरका नोट साथमा राख्न, ओसार पसार गर्न र कारोवार गर्न समेत नपाइने उल्लेख गरेको छ ।
राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १ सय र सो भन्दा कम दरका नोट प्रचलित व्यवस्था बमोजिम लैजान तथा सटही गर्न सकिने उल्लेख गरेको छ ।
भारतीय रुपैयाँ नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन नपाइने विदेश विनिमय विभाग प्रमुख भिष्मराज ढुङ्गानाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।