About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
नयाँशक्तिबाट चुनाव जितेका यी नेता काङ्ग्रेसमा मिसिदै, तनावमा बाबुराम

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

रसुवा । नयाँ शक्ति पार्टी फेरी फुटको संघारमा पुगेको छ । पटक-पटक फुट र विभाजनको क्षेती व्यहोर्दै आएको पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद प्रेम तामाङको समूह नेपाली कांग्रेस प्रवेश गर्ने तथ्य बाहिरिएको छ ।

रसुवाबाट प्रदेश सभामा निर्वाचित नेता तामाङ र  केहि कार्यकर्ता कांग्रेस प्रवेश गर्ने तयारीमा रहेको एक जिल्ला नेताले पुष्टि गरे । नाम उल्लेख नगर्ने सर्तमा उनले छिट्टै नै एउटा समूह कांग्रेसमा मिल्ने बताए ।

माघ ३ गते घुम्ती बजारमा तामांग समूहको बैठक बसी कांग्रेस प्रवेशको तयारीलाइ अन्तिम रुप दिइएको तामाङ निकट ती नेताले नयाँ प्रवाहलाई बताए । यद्यपी उक्त बैठकमा पार्टीका जिल्ला संयोजक दावा तामाङ लगायत बहुमत सदस्य उपस्थित नभएको उनले जानकारी दिए ।

जिल्लामा नयाँ शक्तिको बलियो क्षेत्रका रुपमा चिनिन्छ । गत निर्वाचनमा देशभर लज्जास्पद् पराजय भोगेको शक्तिले रसुवामा भने साख जोगाएको थियो । राजनीतिक वजारमा चलेको हल्ला सत्य भए र सांसद् तामाङ कांग्रेस प्रवेश गरे नयाँ शक्ति रसुवा कुन रुपमा रहला त्यो भने हेर्न बाकी नै छ ।

 

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com