About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
रेडियो कुसुमको बार्षिकोत्सब तथा दोस्रो अधिबेशन सम्पन्न , पौडेलको नेतृत्वमा नयाँ समिति

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत, सञ्चार क्षेत्र जिम्बेवार र मर्यादित बन्नुपर्ने कुरामा कुस्मामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।
पर्वतको कुस्माबजारबाट सञ्चालित सामुदायिक रेडियो कुशुमको चौथो साधारणसभा तथा दोस्रो अधिबेशनको शनिबार उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समयमा सञ्चार क्षेत्रले मर्यादित र बिश्वसनीयता गुमाउँदै जान थालेको भन्दै पत्रकारिता जिम्बेवार र मर्यादित बन्नुपर्ने कुरामा जोड दिएका हुन ।
कार्यक्रमका बक्ताहरुले सञ्चार माध्यममले पछिल्ला दिनहरुमा जनताको पक्षमा भन्दा पनि दल र धनको पक्षमा आवाज उठाउँ गएको भन्दै चिन्ता पनि ब्यक्त गरे । अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले जनताको अपेक्षा अनुसार सञ्चार माध्यमले आवाज उठाउनु पर्ने गलत प्रबृत्तिलाई निरुत्साहित गर्नु पर्ने कुरामा जोड दिनुभयो । उहाँले जनस्तर सम्म सञ्चार माध्यमको पहुँच र बिश्वास समेत हुने भएकाले सही सुचना दिन सके मात्रै साँचो अर्थमा सञ्चार क्षेत्रको बिश्वसनीयता रहन सक्छ भन्नुभयो ।
उक्त कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष तथा पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष ठाकुर बि पौडेल, नेकपाका प्रदेश सदस्य मेघनाथ सुबेदी, पत्रकार महासंघका प्रदेश महासचिब गणेश पौडेल, पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष दुर्गाप्रसाद शर्मा, गैसस महासंघका अध्यक्ष शिब शर्मा रेग्मी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश पौडेल, शिबालय बहुमुखी क्याम्पसका प्रमुख कमलनाथ शर्मा लगायतले आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो । रेडियो सञ्चालक समितिका अध्यक्ष गोबिन्द पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य शिब शर्मा पौडेल र सञ्चालन सचिब गणेश गिरीले गर्नुभएको थियो ।
अधिबेशनले ठाकुर बि पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गाप्रसाद शर्मा, सचिबमा राजेन्द्र पहाडी, कोषाध्यक्षमा फुलराज शर्मा, सहसचिबमा माया अधिकारी रहनुभएको छ भने सदस्यहरुमा रुद्र गिरी, गोपी अधिकारी, शिब शर्मा पौडेल, सरिता भण्डारी, कमलनाथ शर्मा, डम्बर गिरी, हिमबहादुर पौडेल र सिड नेपालका अध्यक्ष गणेश गिरी पदेन सदस्य निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com