About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
कपिलवस्तु समाज द्वारा सम्मान एंव छात्रवृत्ति वितरण

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलबस्तु/संवाददाता    माघ ५
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.२मा रहेको उद्योग वाणिज्य संघका सभा हालमा “कपिलवस्तु समाज”को २९औं वार्षिकोत्सव को अवसरमा सम्मान एंव छात्रवृत्ति वितरण कार्यक्रम को अयोजना सम्पन्न भयो।
कार्यक्रममा कपिलवस्तुको विभिन्न समुदायिक विद्यालय बाट गत वर्ष एसईई परिक्षा मा सर्वोत्कृष्ट अंक ल्याउने र जेहनदार ६जना विद्यार्थी हरु लाई सम्मान गरि छात्रवृत्ति वितरण गरेको छ।
उक्त कार्यक्रमको कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह,वरिष्ठ नागरिक डा.रुद्र प्रताप शाह,प्रतिनिधि सभा सदस्य मान्नीय वृजेश कुमार गुप्ता,मंगल प्रसाद गुप्ता ले दिप प्रज्वलन गरि उद्घाटन गर्नु भयो।
प्रभात भण्डारी,टीका बहादूर कुवर,सीताराम गुप्ता,अनिल अग्रवाल,श्याम कुमार मिश्र,अनिल कुमार,नसरुल्ला खाँ,गणेश लाल कण,रामेश्वर प्रसाद कश्यप(टिल्लू दाई)लगायतहरुले कपिलवस्तु समाज को अजीवन काल.सदस्यता ग्रहण गरि निश्वार्थ समाज प्रति सहयोग र समाज लाई अगाडी बढाउने संकल्प पनि लिएका छन्।
यो.कार्यक्रममा नगरप्रमुख रजत प्रताप शाह,उपप्रमुख सबनम खातुन,महराजगंज नगरप्रमुख अब्दुल कलाम,प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह,बृजेश कुमार गुप्ता,युवा नेता मिर्जा अरशद बेग,कपिलवस्तु समाजको चौथो कार्यसमिती अध्यक्ष दिग्विजय मिश्र,संरक्षक दीप कुमार उपाध्याय,संरक्षक दिनेश प्रशाद श्रेष्ठ,समाज सेवी शैलेश प्रताप शाह,लगायत जनप्रतिनिधि,समाजसेवी,शिक्षा प्रेमीको उपस्थिती थियो।
कपिलवस्तुबाट काठमान्डौं आएर विभिन्न पेशा व्यवसाय, सेवा,अध्ययन,र अध्यापन आदि गरि छरिएर बसेका तथा अन्य कार्यका लागि राजधानी आइरहने जिल्लावासी का बीचमा मेलमिलाप,पारस्परिक सहयोग आदान.प्रदान तथा जिल्ला एव जिल्लावासीको हकहितका लागि मानवीय भावनालाई आत्मीय सम्वन्धमा परिणत हुने गरि समाज मार्फत सहकार्य गर्न सामूहिक पहलको प्रयास गर्ने उद्देश्यका साथ काठमान्डौमा कपिलवस्तु समाज को स्थापना २०४७ साल मा भएको थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com