About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
वडास्थरिय क्रिकेटकाे उपाधि कृष्णनगर लयान्सलाई

Darpanpost आइतबार, माघ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रिन्स मिश्र ,कपिलवस्तु माघ ६
कपिलवस्तु को बिजयनगर गाउ पालिका वडा नं ७ गणेशपुरमा पुस २५ गते देखि संचालनमा रहेकाे वडास्थरिय क्रिकेटकाे उपाधि कृष्णनगर लयान्सले जितेकाे छ । वडास्थरिय क्रिकेटकाे फाईनल खेल गणेशपुर र कृष्णनगर लयन्स बिच भएकाे थियाे । जसमा कृष्णानगर लयन्स का खेलाडी दिपु ३२, सरताज २० र इमरानकाे १७ रनकाे मदतले कृष्णनगर लयन्सले निर्धारीत १६ अाेभरमा १२५ रन बनाएर १२६ रनकाे लक्ष्य गणेशपुरलाई दिइएकाे थियाे । लक्ष्यकाे पछ्याउदै गणेशपुरले १६ अाेभरमा ९४ रन मात्र बनाएकाेले ३१ रन ले कृष्णनगर लयन्स उपाधि जितेकाे अयाेजकले जनाएकाे छ । स्टार क्रिकेट युवा क्लबले सहअयाेजना गरेकाे वडा स्थरिय क्रिकेटमा प्रथम
कृष्णनगर लयन्सलाई नगद रू १५ हजार सहित बिजेताकाे उपाधि र द्वितीय गणेशपुरलाई नगद रू १० हजार सहित उपबिजेताकाे उपाधिले सम्मानित गरिएकाे छ । वडास्थरिय क्रिकेटकाे समापन कार्यक्रमकाे प्रमुख अतिथि बिजयनगर गाउपालिकाकाे मेयर गाेपाल थापाले ७ वाटै वडामा क्रिकेट गराउन्ड र प्रदेश स्थरिय खेल मैदान बनाउने याेजना रहेकाे वहाले बताउनु भयो । वडाले युवाहरूकाे उत्साह बढाउन र युवाहरूकाे खेल प्रति वडा स्तर बाट ५० हजार छुट्टईएकाे वडाध्यक्ष दिनेश चाैधरीले बताउनु भयो । कार्यक्रममा बिशिष्ठ अतिथि गणेशपुर ईप्रका प्र.नि. नवीन पाैडेल, अतिथिमा वडा न.५ अनवर माे. मुसलमान, श्याम प्र. चाैधरी, तरूणदल कपिलवस्तु जिल्ला सचिव अमर पाैडेल लगयात अतिथिहरूकाे सहभागिता रहेकाे संचालक दिपक भण्डारीले जनाएका छन ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com