टंक सुनार
माघ ३ । नेपाली काग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपालमा कम्युनिष्ट शासन चल्ने नसक्ने दाबी गर्नु भएको छ । बिहिबार बुटवलमा काग्रेस रुपन्देहीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । नेपाल जस्तो बहुभाषिक बहुधार्मिक मुलुकमा केन्द्र शाषित कम्युनिष्ट शासान टिक्न नसक्ने उहाको दाबी छ । फरक प्रसंगमा नेता खाँडले महामानव बुद्धको शान्तिको मार्गले सबैलाई समेट्न सक्ने भएकाले बुद्ध जन्मस्थल रुपन्देही नै ५ नम्बर प्रदेशको राजधानी हुनु पर्ने जिकिर गर्नु भयो ।
कार्यक्रममा बोल्दै अर्का नेता चन्द्र भण्डारीले प्रधानमन्त्रीले गफ मात्रै गरेर बसेको आरोप लगाउनु भयो । उहाले कम्युनिष्ट सरकारले भ्रष्टाचार हत्या हिंसा वढाएको बताउनु भयो । कम्युनिष्ट प्रति आक्रामक रुपमा प्रस्तुत भएका नेता भण्डारीले कम्युनिष्टले दंडहिनता निम्त्याएको आरोप गउनु भयो ।
कार्यक्रमका अर्का वक्ता देवेन्द्रराज कंडेलले धर्मका बिषयमा जनमत संग्रहमा जानु पर्ने माग गर्नु भयो । कार्यक्रममा प्रदेश नम्बर ५ अन्र्तगत गर्ने पाल्पा,गुल्मी , अर्घाखाची र नवलपरासीका जिल्ला सभापतीहरुले बुटपललाई प्रदेश राजधानी र लुम्बीनी प्रदेश नामाकरण गर्न प्रदेश सरकार संग माग गरेका थिए ।