About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
देवदहमा महायज्ञ हुने

Darpanpost बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ ३ । रुपन्देहीको देवदहमा श्रीमद देवी भागवत एवं धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । देवदह नगरपालिका वडा नम्बर २ ढेकावारमा रहेको दुर्गा मन्दिरको स्तर बृद्धी गर्ने उद्देश्यले महायज्ञको आयोजना गरीएको आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महायज्ञ माघ २२ देखि फाल्गुन १ गते सम्म संञ्चालन हुने महायज्ञ सम्पादन मूल समिति संयोजक जागेश्वर पंगेनीले बताउनु भयो । उहाँका अनुसार महायज्ञ सम्पन्न गर्न करीब ३५ लाख खर्च हुने अनुमान गरीएको छ भने महायज्ञबाट करीब ५० लाख संङ्कलन गर्ने लक्ष्य राखिएको छ । यज्ञ अवधिभर तुलादान, भुमिदान, ब्रतबन्ध, विवाह, लक्ष्यवर्ती, ग्रह शान्ति, चौरासी पुजा लगायत कार्यहरु पनि गरीने छ । महायज्ञमा प्रमुख वाचकको रुपमा पुरुषोत्तम बस्याल रहनु भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com