टंक सुनार
माघ ३ । पूर्व मन्त्री एवम नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य छबिलाल बिश्वकर्माले सरकार निजि क्षेत्रलाई वेवास्ता गरेर अघि वढ्न नसक्ने बताउनु भएको छ । बुधबार रुपन्देहीको देवदहमा इप्सा रुपन्देहीको खेल सप्ताहा कार्यक्रमको शुभारम्भ गर्दै उक्त कुरा बताउनु भएको हो । घुमाउरो भाषामा अभिब्यक्ति दिनु भएका बिश्वकर्माले निजि क्षेत्र संगको सहकार्य आवश्यक भएको बताउनु भएको हो । कम्युनिष्ट सरकार प्रति निजि क्षेत्र शसङ्कीत रहेको तर्फ ईङ्कीत गर्दै नेता बिश्वकर्माले सरकारले निश्चित क्षेत्रलाई निषेध गर्ला भनेर कसैले पनि परीकल्पना नगरेको बताउनु भयो । उहाले समय सापेक्ष शिक्षा दिन तर्फ विद्यालयहरु सक्रिय हुनु पर्नेमा जोड दिनु भयो ।
सोही कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले सरकारले तीन खम्बे अर्थनिति अबलम्बन गरेको उल्लेख गर्दै आर्थिक क्रान्तिका लागि सरकारी, सहकारी र निजि क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले युग सुहाउदो शिक्षा आजको आवश्यकता भएको बताउनु भयो ।
कार्यक्रममा देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नेपाल कम्युनिष्ट पार्टी देवदह अध्यक्ष प्रकाश अर्याल, निजि तथा आवासिय विद्यालय अर्गानाइजेस प्याब्सन रुपन्देही अध्यक्ष लेखनाथ पौडेल, हिसान रुपन्देही अध्यक्ष कृष्ण प्रसाद पौडेल ,नेपाली काग्रेसका बासु देव रीमाल लगायतले बोलेका थिए । बुधबार सुरु भएको खेल सप्ताहा ७ गते सम्म चल्नेछ ।