माघ -३ पर्वत । अाज बिहान म्याग्दीको सदरमुकाम बेनी बजारबाट नारायणगढ को लागि छुटेको ग १ ख ६१०८नम्बरको बस बिहान करिब ८:३० बजे पर्वत जिल्लाको मालढुङ्गा सुकुम्बासी बस्ती नजिक दुर्घटना हुदा ३ जनाको घटना स्थलमै ४ जनाको उपचार क्रममा मृत्यु भएको र अन्य ३१ जना गम्भीर घाइते भएको खबरले नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसलाई अन्यन्तै मर्माहित बनाएको छ।
दुर्घटनामा मृतकहरू प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौ। साथै दुर्घटना घाइते भएका घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । दुर्घटनामा परेका घाइतेहरूको उपचारमा कुनै प्रकारको कमि हुन नदिन सम्बन्धि निकायसंग हार्दिक अनुरोध गर्दछौं ।
शिशिर शर्मा पौडेल
सभापति
नेपाल विद्यार्थी संघ
गुप्तेश्वर बहुमुखी क्याम्पस, प्यारो पर्वत