About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
रुपन्देही पाटी सभापति अब्दुल रजाकको सभापतित्व मा सन्चालित उक्त बिरोध सभाको सन्चालन

Darpanpost बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही – प्रदेश नम्बर पाँचको अस्थायी राजधानी रुपन्देहीबाट अन्यत्र सारे त्यसको सशक्त प्रतिरोध गर्ने कांग्रेसका नेताहरुले चेतावनी दिएका छन ।
प्रदेशको स्थायी राजधानी रुपन्देही र प्रदेशको नाम लुुुम्बिनी राख्न दबाब दिने उद्देश्यले नेपाली कांग्रेसले बुटवलमा आयोजना गरेको जनप्रदर्शनमा लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, संघ र प्रदेशसभा सदस्य तथा जिल्ला सभापतिहरुले रुपन्देही आर्थिक, सामाजिक, भौगोलिक तथा पर्यटकीय दृष्टिकोणले प्रदेश राजधानीको लागि उपयुक्त भएको भन्दै प्रदेशको स्थायी राजधानीका लागि जस्तोसुकै आन्दोलनको लागि तयार रहेको बताएका हुन ।

सरकाले प्रदेशको राजधानी रुपन्देहीबाट अन्यत्र सार्न षड्यन्त्र गरिरहेको भन्दै उनीहरुले राजधानी सार्ने धृष्टता गरे ठूलो मुल्य चुकाउनु पर्ने बताए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो वर्षको आजकै दिन रुपन्देहीलाई प्रदेश नम्बर पाँचको स्थायी राजधानी तोकेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रदेशको राजधानी रुपन्देहीबाट सार्न खोजिए सरकारले थेग्न नसक्ने आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले केपी ओलीको सरकार केन्द्र र शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार भष्ट्राचारमा चुर्लुम्म डुबेको आरोप समेत लगाउनुभयो । उहाँले केन्द्र र प्रदेश सरकारले जनमतको निरन्तर अपमान गरिरहेको आरोप लगाउनुभयो ।अर्का केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले रुपन्देहीलाई स्थायी राजधानीको रुपमा स्थापित गर्दा समग्र प्रदेशको विकासमा योगदान पुग्ने बताउनुभयो । अखण्ड पाँच नम्बर प्रदेशको लागि भएको आन्दोलनले प्रदेशलाई अखण्ड राखेको स्मरण गराउँदै उहाँले रुपन्देहीलाई स्थानीय राजधानी बनाउनका लागि थालेको जनदबाबले स्थायी राजधानी कायम हुने बताउनुभयो ।कार्यक्रममा नवलपरासीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल, कपिलबस्तुबाट प्रतिनिधित्व गर्ने सांसद बिरेन्द्र कनौडिया, अर्घाखाँची कांग्रेसका सभापति बिष्णु मुस्कान, रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाक, पाल्पाका सभापति वीरबहादुर राना, गुल्मीका सभापति भुवन श्रेष्ठ, प्रदेशसभा सदस्य रमा अर्याल, जिल्ला सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति हरि लम्सालले बोल्दै चौतर्फी रुपमा असफल बनेको सरकारले प्रदेशको राजधानी सार्ने षड्यन्त्र गरिरहेको भन्दै त्यसकाविरुद्ध कांग्रेसले सदन र सडक दुवै तताउने बताउनुभयो ।
रुपन्देही पाटी सभापति अब्दुल रजाकको सभापतित्व मा सन्चालित उक्त बिरोध सभाको सन्चालन रुपन्देही पाटी सचिव रामकृष्ण खाडले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com