About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
जापानमा नेपालीश्रमिक पठाउन संयन्त्र बनाउने सहमति ।।

Darpanpost बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नेपाल र जापानबिच नयाँ संयन्त्र स्थापना गरी नेपाली श्रमिक पठाउने सहमति भएको छ । नेपाल र जापानी प्रतिनिधिबीच काठमाडौँमा सम्पन्न द्विपक्षीय औपचारिक वार्तामा यस्तो सहमति भएको हो ।यसका लागि उच्चस्तरको समझदारी छिट्टै गर्न दुवै पक्ष तयार भएकोश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै जनाएको छ । बैठकमा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित भएका नविनतम् मान्यता एवम् मापदण्ड अनुरूप श्रमिक पठाउने विषयमा जोड दिइएको थियो ।नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिनुभयो । बैठकमा जापानी पक्षले आफ्नो अध्यागमन सम्बन्धी संशोधित कानुनी व्यवस्था अनुसार विदेशी श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानुनी प्रावधानबारे औपचारिक रूपमा जानकारी गराएको थियो ।बैठकमा आगामी दिन द्विपक्षीय संवाद कायम गर्दै उच्चस्तरको समझदारी गरी छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको छ ।नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशीलताको माध्यममार्फत नेपालको विकासमा योगदान पु¥याउने वातावरणको सिर्जना गर्ने गरी दुवै देशले सहकार्य गर्दै जाने सहमति भएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com