मालढुङगा बस दुर्घटना : नेकपा पर्वतद्धारा दुःख ब्यक्त
पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा भएको वस दुर्घटनाका विषयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पर्वतले दुःख ब्यक्त गरेको छ । विहिवार नै एक विज्ञप्ति जारीगर्दै ७ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनाले पार्टीलाई दुःखी तुल्याएको बताइएको छ । म्याग्दी जिल्लाको वेनीबाट नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा दुर्घटनामा परेको थियो ।वस दुर्घटनामा घटनास्थलमै ३ र उपचारको क्रममा थप ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ग १ ख, ६१०८ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । बसमा सवार यात्रु मध्ये ३० जना यात्रु घाइते भएका छन ।
नेकपाको विज्ञप्तिमा मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना ब्यक्त गरिएको छ