About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
संविधान कार्यान्वयन हुनेमा आशंका जन्मीए : डा. रामशरण महत

Darpanpost बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दाङ, माघ ३ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकारका कारण संविधान कार्यान्वयन हुनेमा आशंका जन्मीएको वताउनु भएको छ । सरकारले हरेक क्षेत्रलाई पार्टी मुखी र कार्यकर्ता मुखी बनाउँदै लगेको भन्दै उहाँले वर्तमान सरकार संविधानमुखी नभई पार्टी मुखी बनेर चलिरहेको दाबी गर्नुभयो । नेपाल प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका मिठा कुरा गरेपनि काम भने हरेक क्षेत्रमा शून्य रहेको वताउनु भयो । यसर्थ वर्तमान सरकारबाट मुलुकमा कुशासन निम्तीएको समेत वताउनु भयो ।
नेपाली जनताले कांग्रेसको अपेक्षा गरिरहेको भन्दै उहाँले कांग्रेस आफ्नो आन्तरिक व्यवस्थापनमा भने चुकेको वताउनु भयो । नेतृत्वको कमजोर कार्यशैलीका कारण कांग्रेस माथि उठ्न नसकेको भन्दै उाँले पार्टीको आन्तरिक व्यवस्थापन महत्वपूर्ण रहेको वताउनु भयो । एक अर्को प्रसंगमा उहाँले वाईडबडि प्रकरणमा सभापति शेरवहादुर देउवाको नाम अनाहकमा जोडिएको समेत वताउनु भयो । वाईडबड प्रकरणमा देउवाको कुनै संलग्नता नरहेको भन्दै उहाँले छानवीन भएपछि मात्रै सत्य तथ्य बाहिर आउने वताउनु भयो । नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षमा भएको पत्रकार सम्मेलनको सहजिकरण सचिव आरके सितलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com