About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
शिक्षा बिनाको राजनीतिक परिपाटी र अशिक्षित नेताको कारणले नेपालको शिक्षा खस्किदै – युवा नेता गुरुङ

Darpanpost बुधबार, माघ ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / माघ – २ दक्षिणी पर्वत । ( दर्पण पोस्ट ) नेपाली काग्रेंस पर्वतका युवा नेता दक्षिणी पर्वत का जनताको ढुक्ढुकी प्रवीण गुरुङले शिक्षा बिनाको राजनीतिक परिपाटी र अशिक्षित नेताको कारणले नेपालको शिक्षाको स्थिति खस्किदै गएको बताउनु । मंगलबार बिहादी गाउँपालीका वडा नं. १ बाच्छा मा रहेको जनकल्याण आधारभुत विद्यालयको पहिलो बार्षिक उत्सवको समापन समारोहमा बोल्दै गुरुङले भन्नुभयो शिक्षा सम्बन्धि कुनै जानकारी नभएको ब्यक्तिलाई शिक्षा मन्त्रालय , कानुन सम्बन्धि कुनै जानकारी नभएको ब्यक्तीलाई कानुन मन्त्रालय र स्वास्थ सम्बन्धि जानकारी नभएको ब्यक्तिलाई स्वास्थ मन्त्रालय दिने परिपाटी इतिहासबाट नै चलीआएको बताउनु भयो ।

गुरुङले उचित शिक्षा दिन नसक्ने सरकारले रोजगारीको प्रत्याभूति कहिल्यै दिन नसक्ने आरोप समेत लगाउनुभयो । कार्यक्रममा बोल्दै स्थानीय सरकारले बिहादीको शिक्षा मा केही फरक नपारेको र बिहादी को शिक्षा नयाँ प्रविधि भन्दापनि पुरानै प्रविधि मा चलेको उनले बताए उहाले पर्वतका अधिकाशं बिद्यालयमा राजनीतिक तवरले शिक्षक नियुक्ति गरेर विद्यार्थीको भबिस्य माथी खेलवाड भइरहेको माथी दुख ब्यक्त गर्नुभयो ।

गुरुङले जनकल्याण माविलाई विज्ञान सङ्ख्या को शिक्षा आवश्यक परेको र यहाँ धेरै युवायुवती बजार जान पर्ने बादेता रहेको हुदा उक्त शिक्षाको पहल समेत गरेको बताए ।

उहाँले बाच्छा को गल्झेसोर देखि भतेरपाटा सम्मको मोटरबाटो बनाउने प्रयास गरेको बताउनुभयो । त्यस्तै कार्यक्रममा बिहादी गाउँपाली वडा नं १ का वडा अध्यक्ष हेमनाथ आचार्यले शिक्षा सबल भए मात्र देश सबल हुने धारणा राख्नुभयो । सोही कार्यक्रममा ने बि सघं बिहादि पर्वतका अध्यक्ष ‘हिम लाल गिरी ‘पारसले शिक्षा जस्तो सबेंदनशिल क्षेत्रमा राजनीति गर्ने जोकोहिको पनि डाढ सेक्ने अभिव्यक्ति दिनुभयो । यस्तै कार्यक्रममा बोल्ने समाजसेवीहरु ले पनि सरकारले आफू खुशी कार्यक्रम ल्याउने र विद्यालय र विद्यार्थीको जानकारी बीनको कारणले गर्दा पनि शिक्षा खस्किदै गएको बताए ।

नेत्र प्रसाद सिलवाल को अध्यक्ष्ातामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस का युवा नेता प्रविण गुरुङ रहनुभएको थियो भने कार्यक्रममा विशिष्ट अतिथि बिहादी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष हेमनाथ आचार्य , नेपाली काँग्रेसका क्षेत्रीय उपसभापति भिम बहादुर गुरुङ बिहादी १ का पार्टी सभापति सेवकनाथ आचार्य बिहादी २ का तरुण दलका युवा बसन्त पराजुली , नरेन्द्र क्षेत्री ( भिम ) लालबहादुर कुवर ( लालु) रगु हिताङ्ग बिहादी ४ का तरुण दलका युवा नविन गुरुङ ,संविधान गुरुङ लगायतको उपस्थित रहेको थियो भने कार्यक्रममा सुरक्षा कर्मी, जनप्रतिनिधि , शिक्षक , पत्रकार , समाजसेवी , राजनीतिक व्यक्त को उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन सुर्य प्रसाद आचार्य ले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com