विकास राज पौडेल कुश्मा पर्वत
फलेवास नगरपालिका १० मा सञ्चालित हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । साथै पुन शोभा क्षेत्रीको अध्यक्षतामा समिती पुर्नगठन भएको छ ।जसको सचीवमा गङा देबि चपाइ उपाध्यक्ष डिल्ली कुमारी चपाइ रहनु भएको छ ।साधारण सभाको उद्घाटन प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख पदमपाणी सर्माले गर्नुभएको थियो ।कार्यक्रममा विशिष्ट अतिथि रास्ट्रिय सहकारी वैंकका सञ्चालक राम वहादुर ,फलेवास नगरपालिका १० का वडा अध्यक्ष शालिग्राम शर्मा, BYCका मनि शर्मा,गोविन्द व क्षेत्री,तारा व ठकुरी,गुमा विक,वडा संयोजक,कृष्ण प्रसाद शर्मा,प्रेम शर्मा पौडेल, वुदिराम शर्मा,श्री प्रसाद शर्मा,विष्णु प्रसाद सर्मा,समाजसेवि हरी प्रसाद शर्मा, ने का गांउ कमिटि अध्यक्ष अमर व क्षेत्री लगाएतको उपस्थित रहेको थियो । सहकारीका अध्यक्ष शोभा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नारायणि शर्माले गर्नुभएको थियो ।