About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
कर्णालीको गरिबी बेचेर खाने अधिकार कसैलाई छैन : मन्त्री केसी

Darpanpost आइतबार, पौष २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

बुद्धि पुन,
सल्यान २९, पुस । कर्णाली प्रदेशकी भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णालीको गरिबी बेचेर खाने अधिकार कसैलाई नभएको बताउनु भएको छ । उहाँले बिगतमा कर्णालीका जनताको नाममा गरिबी बेचेर धेरैले खाएको बताउदैँ अब भने कर्णालीको गरिबी बेच्ने अधिकार कसैलाई नभएको बताउनु भएको हो ।
आज नेपाल पत्रकार महासंघ सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो ‘कर्णालीमा गरिबी छ, यहाँका जनता गरिब छन्, बेरोजगारीहरु पनि धेरै छन्, तर बिगतमा जसरी कर्णालीको गरिबी बेचेर अब खान पाईदैन् ।’ उहाँले कर्णाली प्रदेश सरकार सभ्य र बिकसित कर्णाली बनाउनको लागी अगाडी बढेको बताउनुभयो ।
कर्णाली प्रदेश सरकारकी प्रबक्ता समेत रहनु भएकी मन्त्री केसीले हरेक क्षेत्रको बिकासमा डुब्लीकेशन नहुने गरेर काम गर्ने बताउनुभयो । उहाँले कृषकहरुलाई कृर्षिमा आकृर्षित गर्न प्रदेश सरकारले अनुदान सहितका बिभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले गरिब किसानहरुको लागी गरिब किसान हातेमालो कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले बजेट नै बिनियोजन गरेको जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com