About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कपिलवस्तुमा समाजबादी युवा फोरममा मोहम्मद हइ को नेतृत्व

Darpanpost शनिबार, पौष २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु ,२८ पुस
संघीय र प्रदेशको निर्वाचन देखि अस्तव्यस्त भएको ससफो को भातृ संगठनहरु अहिले चुस्तदुरुस्त रूपमा पुनः निर्माण भैरहेको छ । आज महाराजगन्ज मा गरिएको जिल्ला स्तरीय युवा भेला सर्बसम्मतीबाट मोहम्मद हइ खानको अध्यक्षतामा ४१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा उदयभान यादव र राम सुरेश यादव , सचिव सुनिल हरिजन, कोषाध्यक्ष महेन्द्र केवट लगायत ४१ सदस्य लाई छनोट गरिएको छ । भेलामा उपस्थित भएका युवाहरूलाई सम्बोधित गर्दै संघीयता र समाजबादको मुल्य मान्यता आत्मसात गर्दै अघि बढन अग्रह गरेका थिए भने प्रदेश प्रवक्ता तथा युवा नेता अकरम पठानले युवाहरूलाई सम्बोधन गर्ने क्रममा युवाहरु परिवर्तनका संवाहक तथा देशकै मेरुदण्ड भएकोले बिकास र परिवर्तन का लागि आवश्यक परेको बेला आक्रमक रुपमा समेत प्रस्तुत हुन अग्रह गरेका थिए । संगठन बिभाग प्रमुख रामु यादवले चाडै भन्दा चाडै टोल ,वार्ड र नगर स्तर हुदै जिल्ला सम्ममा पुर्ण समिति बनाउन जिकिर गर्नु भयो । उपस्थित भेलालाई प्रदेश सांसद तथा संसदीय दलका नेता सहसराम यादव , प्रदेश अध्यक्ष अशोक यादव राजनीतिक समिति सदस्य मंगल प्रसाद गुप्ता , रामबरण प्रसाद यादव , शिवपुजन यादव ,सन्दिप पान्डेय ले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रदेश युवा अध्यक्ष असलम खान , प्रदेश विद्यार्थी फोरम अध्यक्ष ओमप्रकाश यादव , कृष्ण कुमार चौधरी गीता श्रीवास्तव , रामनेवास यादव , गोपाल प्यारे चन्देल , अश्विनी चाई लगायत का नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com