About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बौद्ध क्षेत्रमा पर्यटक बस चलाउँछौँ : डा.न्यौपाने

Darpanpost शुक्रबार, पौष २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
पुस २७ । प्रदेश नम्बर ५ का प्रदेश सदस्य डा.कृष्ण न्यौपानेले देवदह लगायत बौद्ध क्षेत्र समेटिने गरी पर्यटन बस संञ्चालन गर्ने बताउनु भएको छ । शुक्रबार रुपन्देहीको देवदहमा स्मृती सामुदायिक बन उपभोक्ता आठौँ बार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाले विश्वमा देवदह एउटा मात्रै भएको उल्लेख गर्दै यस क्षेत्रको बृहत्तर विकास गर्न सके पर्यटन हव बनाउन सकिने बताउनु भयो ।

सांसद न्यौपानेले पर्यटन विकासमा बन क्षेत्रको महत्वपुर्ण भुमिका हुने हुँदा यस तर्फ सामुदायिक बनहरुले सोच्नु पर्ने वेला आएको बताउनु भयो । कार्यक्रममा गाउँ बन समन्वय संञ्जाल देवदह अध्यक्ष खेम नारायण अधिकारी, वडा अध्यक्षहरु दामोदर क्षेत्री, पदम थापा, साहायक बन अधिकृत कृष्ण प्रसाद ज्ञवाली लगायतले बोलेका थिए । सामुदायिक बन अतिक्रमणको शिकार भएको प्रति उनिहरुको चिन्ता थियो । उनिहरुले बन संरक्षणमा एक भएर लाग्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com