About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
मिर्गौला पीडित लाई फ्रान्सबाट साथ भुपु बिद्यार्थी मञ्चको सहयोग अभियानमा चार लाख भन्दा बढी सहयोग घोषणा

Darpanpost शुक्रबार, पौष २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पर्बत । पर्बत जिल्ला महाशिला गाउँपालिका ४ पाखापानी डाडाघर निवाशी हेम बहादुर रेग्मिको उपचारको लागि भुपु बिद्यार्थी मञ्च श्री स्वधर्म माबी पाखापानी ले चालेको सहयोग अभियानमा फ्रान्सबाशी नेपालीहरुले पनि ठुलो साथ दिनुभएको छ । पाखापानी आमाङ जन्मिनु भएका एन अर एन ए फ्रान्सका अध्यक्ष एबम समाजसेवी एक बहादुर मल्लले अगुवाईमा उहा लगायत बिभिन्न ब्यक्तित्वहरुले ५१,६०० (एकाउन्न हजार छ सय )आर्थिक सहयोग भुपु बिद्यार्थी मञ्चको अभियानमा पठाउने बताउनु भएको छ ।
फ्रान्स बाट सहयोग गर्ने ब्यक्तीहरुमा एकेन्द्र मल्ल ,देवान मल्ल ,पार्बती मल्ल ,गोबिन्द रिजाल ,बिष्णु सेन ,रेग पुन ,अनुप लिम्बु ,सरोज सेन ,नेत्र सेन्,अंमित गुरुङ र झपट राना हुनुहुन्छ ।
निम्न आर्थिक अवस्था भएकोले राम्रो उपचारको लागि चालिएको यो मानबिय अभियानमा पाखापानी बाशीको एकैबद्दताले समाजमा पर्दा सबै एकजुट भएका जस्तो सुकै समस्या पनि समाधान गर्न सकिने यो अभियानले देखाएको छ भने पाखापानी लगायत लुन्खु बालाकोट भोर्ले सम्मका ब्यक्तित्व हरुले यो अभियानमा हातेमालो गर्नु भएको मञ्चका अध्यक्ष अर्जुन भुसालले बताउनु भएको छ ।
ऐले सम्म सहयोग अभियानमा ४ लाख भन्दा बढी रकम घोषणा भएको र घोषणा रकम मध्य २,५७,१५६ (दुई लाख शान्ताउन्न हजार एक सय चपन्न ) मञ्चले हस्तान्तरण गरिसकेको बताईएको छ । बाँकी रकम पराप्त हुने क्रम जारी रहेको र सबै रकम पराप्त भएपछी पुन हस्तान्तरण गर्ने मञ्चले कोसाधक्ष्य बिष्णु अधिकारी र बिदेश बिभाग प्रमुख धुर्ब रेग्मिलाई जिम्मेबारी दिएको छ । स्थापना देखी बिद्यालय बिकाशको लागि कार्य गर्दै आएको यो सस्थाले मानबिय शहयोग अभियानलाई पनि आफ्नो उदेस्यको एक हिस्सा बनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com