टंक सुनार
पुस २६ । रुपन्देहीको देवदहमा पहिलो बुद्धिष्ट इन्टनेशनल ट्राभल मार्टमा सहभागी हुन नेपाल आएका बौद्ध धर्मालम्बी पर्यटकहरुलाई देवदह नगरपालिकाले स्वागत गरेको छ । बिहिबार बुद्धको मावली स्थल भवानीपुरमा बिशेष कार्यक्रमको आयोजना गरी पर्यटकहरुलाई स्वागत गरीएको हो । उक्त अवशरमा चाइना, कम्बोडिया, ताइवान, थाइल्याण्ड, क्यानेडा लगायतबाट आएका ४० जना पर्यटकहरुलाई स्वागत गरीएको थियो । स्वागत कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्याले नेपाल बहुसाँस्कृती देश भएको बताउनु भएको थियो । विदेशी पाहुनाहरुलाई नेपालमा स्वागत गर्न पाउनु गर्वको बिषय भएको उहाको भनाई थियो ।
बिहिबार नै भिक्षु मेत्या, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र मुनी शाक्य, बोर्ड सदस्य राजेश ज्ञवाली, देवदह नगर प्रमुख हिरा बहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग लगायतको टोलीले देवदहका पाकरी बृक्ष, बैरी माई, कन्या माई लगायत विभिन्न ऐतिहासिक बौद्ध स्थालहरुको अवलोकन गरेका थिए ।