About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
बिहादी गाउँपालीका वडा नम्बर २ वर्राचौर मा ७ दिने डकर्मी तालिम सम्पन्न

Darpanpost बुधबार, पौष २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २५ पौष, पर्वत । ट्रेड लिङ्ग टेक्निकल कलेज काठमाडौं को सहयोगमा सञ्चालन मा भएको एक हप्ते डकर्मी तालिम को सम्पन्न भएको छ । डकर्मी तालिम बर्राचौर का २५ युवालाई दिएको हो ।
बिहादी गाउँपालीका वडा २ बर्राचौर का वडा अध्यक्ष ओम कुवर को अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि बिहादी गाउँपालीका अध्यक्ष कमल भुसाल रहनुभएको थियो । यस्तो सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि मा बिहादी गाउँपालीका इन्जिनियर सागर रेग्मी , सन्दीप भण्डारी रहनुभएको थियो भने कार्यक्रममा समाजसेवी , जनप्रतिनिधि , कर्मचारी लगायतको उपस्थित थियो । ७ दिने डकर्मी तालिममा उपस्थित सम्पूर्ण लाई सफलताको शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि एवम् बिहादी गाउँपालिका अध्यक्ष भुसालले भने २०७२ साल वैशाख १२ को भूकम्प र तेसपछि गएका प्रंराक्रमले पर्वत जिल्लाको सबैभन्दा धेरै क्षेति पुगेको ठाउँ बिहादी गाउँपालिका नै रहेको र बिहादीमा ११३७ घरमा पुर्ण क्षेति पुगेको र हालसम्म ४०० घर मात्र निर्माण भएको र अझै सात सयभन्दा धेरै घर बनाउन बाकी नै रहेको हुदा तालिममाउपस्थिति सम्पूर्णलाई एउटा महाअभियान नै चलाएर भूकम्प प्रतिरोधात्मक घर निर्माणमा लाग्न अनुरोध गर्नुभयो । यस्तै सम्पन्न कार्यक्रममा बोल्दै ट्रेड लिङ्ग टेक्निकल का सञ्चालक मन बहादुर बोगटीले भने बर्राचौरमा सोचे भन्दा पनि राम्रोसँग कार्यक्रम सम्पन्न भयो र यहाँका युवाहरू लाई केही काम सिक्न पर्छ भने बारेमा धेरै ज्ञान भएको र उत्साह सहित तालिममा काम सिकेको बताए । कार्यक्रम लाई सम्पन्न गर्दै बिहादी गाउँपालीका २ का वडा अध्यक्ष कुवर ले भने यो युवाका लागि एउटा स्वरोजगार तालिम हो यो तालिम सिकेपनि एक महिना पैसा भन्दा पनि काम लाई प्रथामिकता दिएर पुर्ण रुपमा काम सिक्न आग्रह गरे कार्यक्रममा बोल्दै बर्राचौर को मात्र करोडौं रकम भारत को विहार लगायत विभिन्न ठाउँमा जाने गरेको हुदा यसलाई रोक्न का लागि भएपनि यो तालिम सिकेका सम्पूर्ण लाई प्रमाणपत्र बाकसमा मात्र नभइ काम गरेर देखाउन र काम सिकेपछि विदेश जादा पनि राम्रो कमाइ हुने उनले बताए ।सम्पन्न कार्यक्रमको सञ्चालन भने प्राविधिक इन्जिनियर प्रविण बुढा मगरले गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com