About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सुजुकी कम्पनीको नयाँ स्कुट्र मोडल लन्च

Darpanpost मंगलबार, पौष २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रेम तिवारी
तुलसीपुर २२ पुस । सुजुकीको आधिकारीक विक्रेता न्यू के.सी अटो मोवाईल्स प्रा.लि.ले आइतबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर सुजुकी कम्पनीको स्कुटी प्रदर्शन सगै नयाँ मोडल लन्च गरेको छ । सुजुकी टु ह्वीलर्स तुलसीपुरको आधिकारीक विक्रेता न्यू के.सी अटो मोजाईल्स प्रा.लि.ले सुजुकी बर्गम्यान १२५ औपचारीक रुपमा विक्रि शुभारम्भ गरेको छ । नेपालमा उपलब्ध स्कुटरहरु मध्ये सबै भन्दा आकर्षक तथा सुविधा जनक यो स्कूटर पहिलो हो । त्यस्तो किसिमको म्याक्सी–स्कूटर जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७ हजार ५ सय आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित रहेको छ । स्कूटरको अग्र भागमा डिस्क ब्रेक छ । ५.६ लिटर प्रेट्रोल अट्ने क्षमता भएको डिजिटल ड्यासबोर्ड रहेको उक्त स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबि पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषताहरु पनि यस स्कुटरमा रहेका छन् । फरक खालको बनावटको रुपमा स्कुटर अत्यन्त आकर्षक देखिनुका साथै बाक्लो र विस्तारित सिटले यसलाई चलाउँदा छुट्टै प्रकारको अनुभूति महशुस न्यू के.सी अटो मोबाईल्स प्रा.लिका संचालक प्रेम के.सीले स्कुट्रको बारेमा बताउनु भएको थियो ।


नेपाल भर ८३ ठाउहरु बाट विक्रि वितरण भय पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने प्रा.लिले प्रदान गर्ने सर्भिस र स्पियर्स उपलब्ध गराउनु के.सीले प्रतिवद्धता व्यक्तगनु भएको छ । न्यू के.सी अटो मोइल्सका प्रो प्रेम के.सीको अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५का वडा अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतीथ्यता तथा राप्ती अंचल यातायात व्यवस्था कार्यालयका प्रमुख टोपेन्द्र बहादुर के.सीको विष्ठि आतिथ्यिेतामा सम्पन्न उद्घाट कार्यक्रमा भिजी सुजुकी कम्पनीका मार्केटि म्यानेजर नवराज कोइरालाले सुजुकीको उक्त स्कुटरलाई नेपालको विक्रि मुल्य २ लाख २९ हजार मुल्य पर्ने जानकारी गराउदै उक्त स्कुटरले तुलसीपुर लगाएत सवै नेपालमा राम्रो चल्न सक्ने बताउनु भएको थियो ।
कार्यक्रम शुरु हुनुपूर्व स्कुटरले तुलसीपुर बजार लाई परिक्रम वरी कार्यक्रमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com