About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
तुलसीपुर उपमहानगरपालिकामै पहिलो सहकारी ,सामुदायीक वन र वातावरण सम्बन्धी काम गर्ने

Darpanpost मंगलबार, पौष २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रेम तिवारी
तुलसीपुर २४ पुस ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुट्टिमा सम्झना बहुउदेश्य सहकारी संस्थाको प्रारम्भिक भेला सम्पन्न भएको छ ।  सम्झना बहुउदेश्य सहकारी संस्था.लिका विनियम मस्यउदा समितिका संयोजक हिरालाल रानाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष विरबहादुर वि.कको प्रमुख आथीथ्यतामा एवं तुलसीपुर उपमहानगरपालिका सहकारी शाखा प्रमुख नारायणप्रसाद रेग्मी र डिभिजन वन कार्यालयका प्रमुख विनोद कुमार शाहको विशिष्ट आतिथ्यतामा सम्पन्न प्रारम्भिक भेलालाई सम्बोधन गदै प्रमुख अतिथि विकले तुलसीपुर उमहानगरपालिका भित्र वन र बातावरण सम्बन्धी स्थापना हुन लागेको सहकारी उपमहनगर भित्रकै एकमात्र सहकारी भएको दावि गर्नु भएको थियो । वडा नं. ३ अत्यन्त विकट भएकोले यहाँ गरिव र निमुखा बस्तीहरु रहेकोले सहकारी माध्यबाट गरीवी र रोजकारीको सम्भावना हुने, वनमा हुने चोरी चकारी र तस्करीहरुलाई पनी नियन्त्रण गर्न सघाउने साथै वडाकै नमुना सहकारी हुन बताउनु भएको थियो ।

विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका सहकारी शाखा प्रमुख रेग्मीले सहकारी झोलामा बोक्ने भन्दा पनी कार्यालय स्थापना गरेर सहकारीले केही गरिवी र निमुखा परिवारलाई माथि उठाउन मदन गनेर्, जस्ले गर्दा सहकारीको स्थापना हुन जरुली रहको बाताउदै सहकारीले रोजगारीका बाटाहरु खुल्लाउने र सहकारी स्थापना हुनुले राम्रो सम्भावना रहेको यस क्षेत्रलाई प्रहीचान दिने सहकारीको रुपमा स्थापना गर्न सवैलाई शुझाब दिनुहुदै सहकारीहरु गलत बाटो हिडेकाले सहकारीमा तत्परता , सरलताल र सहकार्यको अतीनै आवश्यकता पर्ने भएकोले सहकारीमा शेयर सदस्य बन्नु भन्दा पनी बचत लाई नियमीतता दिनु ठुलो भएको बताउनु भयो ।
डिभिजन वन कार्यालय प्रमुख विनोद कुमार शाहले वडा नं. ३ प्रकृतिको सवै भन्दा धनी वडा भएकोले वनलाई समेटर सहकारी स्थापना हुनु र वनमा हुने जडीबुठिहरुकोर काठ् दाउराको पनी भण्डार गरी सहकारीको मतहतमा विक्रिवितरण गर्नु र सहकारीले बंकिङ कारोबारलाई जोड दिनु पर्ने दाविगर्नु भएको थियो । बनमा हुन अनीयमिता र भष्टचारलाई सहकारीले चुस्त दुस्त हिसाव राख्न मदतगर्ने बताउनु भएको थियो ।
भेलाका अध्यक्षता तथा मस्यउदा समिति संयोजक हिलाल रानाले सम्झना समुदायी वन तथा उपभोक्ता समतिको क्षेत्र भित्रका करी २ सय ७५ घरधुरीलाई लक्षित गरी स्थापना हुन लागेको सहकारीले बन संरक्षण र सामुदायी बन सग सहकार्य गरी वनसग सम्बन्धीत लधुउद्यमहरु संचालन गरि रोजगारीका अवसहरु सिर्जना गर्न जडिबुटि संकलन प्रशोधन तथा विक्रि वितरण,फर्निचर उद्योग,जडिबुटि खेती,बनमारा संकल तथा प्रशोदण गरी बिक्रिवितरण गर्ने मुख्य उदेश्य रहको संयोजक रानाले बताउनु भयो ।
प्रारम्भिक भेलामा परिर्वतन कृषि सहकारी संस्था लि.का अध्यक्ष जितबहादुर वली,सम्भना समुदायी वन तथा उपमभोक्ता संस्थाका अध्यक्ष मिनबहादुर के.सी निर्वमान अध्यक्ष नोमबहादुर के.सी, पूर्व वडा अध्यक्ष लिलाधर खरेल महिला वडा सदस्य छवि खरेल,विनीयम मस्यउदा समितिका सदस्य गुरु प्रसाद तिवारी , नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य भरतराज शर्मा, सरस्वती मा.वि. विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष रोमबहादुर राना लगाएकाले बोल्नु भएको थियो ।
प्रारम्भिक भेलाले हिरालाल रानाको अध्यक्षतामा सात सदस्सीय संचालक समिति चय गरको छ । जस्को उपाध्यक्षमा छवि खरेल,सचिव लिलाधर खरेल कोषाध्यक्ष नन्दकृष्ण के.सी र खकेन्द्र खरेल,ललिता के.सी, भलबहादुर के.सी सदस्यमा भेलाले चयन गरेको छ ।
प्ररम्भिक मेलाको संचालन विनीयम मस्यउदा समितीका सदस्य नन्दकृष्ण के.सीले गर्नु भएको थियो

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com