About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
नरदेबी बचत तथा ऋण सहकारी संस्था लि को ७८ लाख बराबरको कारोबार

Darpanpost शनिबार, पौष २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 श्याम थापा,नवलपरासी ।  सुस्ता २१ पुष पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ३ मर्चहवामा रहेको नरदेबी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७८ लाख १८ हजार ५ सय ४४ रुपैया बराबरको कारोबार गरेको छ । नरदेबी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पप्पु भेडिहारको अध्यक्षयतामा र पुर्व सांसद देवकरण प्रसाद कलवार सन्तुको प्रमुख अतिथ्यतामा सुस्ता ३ को मर्चहवामा भएको नरदेबी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभा कार्यक्रममा संस्थाका व्यवस्थापक दिपक केवटले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै नरदेबी बचत तथा ऋण सहकारी लिमिटेडले कुल ७८ लाख १८ हजार ५ सय ४४ रुपैया बराबरको कारोबार गरि रहेको बताउनु भयो । साथै संस्थाका व्यवस्थापक केवटले आफ्नो संस्थाले कुल १ लाख ५१ हजार ६ सय ८७ रुपैया शुद्ध नाफा गरेको पनि उहाँले बताउनु भयो । बिक्रम सम्बत २०७१ सालमा स्थापना भएको नरदेबी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुस्ता ३ मा महिला १ सय ४६ जना र पुरुष १ सय ५१ जना गरि कुल २ सय ९७ जना शेयर सदस्य रहेका छन । सो बार्षिक साधारणसभामा पत्रकार आरपी उपाध्याय,केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादव,सुस्ता गाउँपालिका वार्ड न ३ का दलित महिला सदस्य गिता दुषाध,सुस्ता गाउँपालिका वार्ड न ३ का वडा अध्यक्ष राजकुमार महतो,उखु उत्पादक संघ नवलपरासीका अध्यक्ष उमेश चन्द्र यादव,नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति मुकुल कुमार आचार्य लगायतका बक्ताहरुले गाउँ घरका अतिबिपन्न परिवारलाई जिविकोपार्जन सुधारका लागि सहकारीले टेवा पुराएको बक्ताहरुको जोड रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com