अमृत भट्टराई / २१ पौष , पर्वत (दर्पण पोस्ट ) पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालीका २ बर्राचौरमा रहेको खबर सल्यान सामुदायिक वन उपभोक्ता समितिको साधारण सभा र पुरानो समितिलाई विगठन गरी ९ सदस्य नयाँ समिति चयन गरेको छ । जसको अध्यक्ष मन बहादुर कुवर उपाध्यक्षमा ढाका नाथ पराजुली सचिव सुन्दरी पुरी सह सचिव ढक माया सार्की कोषाध्यक्ष सुर्य पुरी रहनुभएको छ भने सदस्यहरू मा यादव गिरी , गुमा पराजुली ,सावित्रा पराजुली ,विरेन्द्र पुरी रहनुभएको छ भने समितिको सल्लाहकारमा गोविन्द प्रसाद उपाध्याय , मेघ बहादुर कुवर , तम बहादुर नेपाली , जय लाल पराजुली रहनुभएको छ । साधारणसभा मा वनको आयविय प्रस्तुत गरिएको थियो । नयाँ समितिलाई बिहादी गाउँपालीका वडा नं २ का वडा अध्यक्ष ओम कुवर ले शुभकामना सहित वनमा आवश्यक पर्ने जुनसुकै कुरालाई पनि वडाले सहयोग गर्न बताउनुभएको छ । यस्तै नयाँ समितिलाई वडा जनप्रतिनिधि डोलिन्द गिरी , रत्न बहादुर कुवर (शिव) समाजसेवी भुपेन्द्र नाथ पौडेल , हरि पराजुली , युवा समाजसेवी नरेन्द्र क्षेत्री ( भिम) लगायतले शुभकामना दिएका थिए । साधारणसभामा १६० भन्दा धेरैको उपस्थिति रहेको थियो । साधारणसभा बर्राचौर स्वास्थ चौकीको प्रंराङगमा भएको थियो ।